बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
एफएनसीसीआई निर्वाचन

वरिष्ठ उपाध्यक्षका लागि संघईको उम्मेद्‍वारी दर्ता

आइतबार, चैत १९ २०७९
वरिष्ठ उपाध्यक्षका लागि संघईको उम्मेद्‍वारी दर्ता

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि व्यवसायी रामचन्द्र संघईले उम्मेद्‍वारी दर्ता गरेका छन्। संघई वर्तमान कार्यसमितिका एशोसिएट उपाध्यक्ष हुन्। संघईले महासंघलाई थप प्रविधिमैत्री बनाउने, उद्योगी व्यवसायीको कामलाई सघाउने  बाचासहित उम्मेद्‍वारी दर्ता गरेका हुन्।

संघई ५४ औँ साधारणसभामा चन्द्र ढकालको टिमबाट एशोसिएटमा विजयी भएका थिए। संघईले अर्का वरिष्ठ उपाध्यक्षका उम्मेद्‍वार अञ्जन श्रेष्ठको टिमबाट एशोसिएट उपाध्यक्ष लड्न लागेकी ज्योत्सना श्रेष्ठलाई समेत आफ्नो टिममा लगेका छन्।

'चुनावमा उम्मेद्‍वारले भोट किन्ने गरेको सुनिन्थ्यो। तर यहाँ त उम्मेद्‍वारले उम्मेद्‍वार नै पो किनिदिए जस्तो छ,' एक पूर्वव्यवसायीले भने। 


प्रकाशित : आइतबार, चैत १९ २०७९१०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend