बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एकैपटक चार प्रदेशमा सिटिजन्सको एटीएम सेवा विस्तार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १९ २०७९
एकैपटक चार प्रदेशमा सिटिजन्सको एटीएम सेवा विस्तार

बैंकले कोशी प्रदेशको कर्सिया, मधेस प्रदेशको धनुषाधाम, बागमती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा गरी एकसाथ ५ ठाउँमा एटीएम तथा कियोस्क सेवा विस्तार गरेको हो।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकसाथ चार प्रदेशमा कियोस्क तथा एटीएम सेवा विस्तार गरेको छ। 

बैंकले कोशी प्रदेशको कर्सिया, मधेस प्रदेशको धनुषाधाम, बागमती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा गरी एकसाथ ५ ठाउँमा एटीएम तथा कियोस्क सेवा विस्तार गरेको हो।

शनिबार एक समारोहका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले शाखाहरुको उद्घाटन गर्दै निकट भविष्यमा यस्ता सेवालाई आवश्यकताअनुसार बैंकका अन्य शाखाहरुमा समेत विस्तार गरिने बताए।

कियोस्क सेवामार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्नेजस्ता सेवा बैंकका कर्मचारीको सहयोगबिना नै प्राप्त गर्न सक्नेछन्।

यो सेवाबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ।

सो समाराेहमा बैंकले नयाँ वर्ष २०८० सालको क्यालेण्डरसमेत सार्वजनिक गरेको छ।  
 
प्रकाशित : आइतबार, चैत १९ २०७९०५:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend