शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

कागतीखेतीबाट २० लाख रुपैयाँ आम्दानी

आइतबार, चैत १९ २०७९
कागतीखेतीबाट २० लाख रुपैयाँ आम्दानी

पथरी- सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी। पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ। उमेरले ४५ वर्ष टेक्नुका उनले  दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन्। 

मोरङको पथरी शनिश्चरे-२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट छन् न्यौपाने। लामो समय विदेशमा परिश्रम गरेका न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि चार वर्षअघि कृषि पेसामा फर्किएका थिए। उनलाई कागतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ।

दुई बिघा क्षेत्रफल भाडामा लिएर कागतीखेतीसँगै नगदे बाली गर्दै आएका छन्। यतिबेला उनको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन्।  बगानमा एक हजार दुई सय कागतीका बोट छन।  फार्मले तीन जनालाई रोजगारी दिएको छ। बजारको भाउअनुुसार फल बेच्नुपर्ने हुँदा कागतीको यकिन मूल्य भने छैन। फार्ममा दाना प्रतिगोटा तीन रुपैयाँ र बिरुवा प्रतिगोट ८० रुपैयाँ का दरले बिक्री हुँदै आएको छ।

उनले भने,'चार वर्षअघि रु ३२ लाख लगानीमो कागतीखेती सुरुवात गरेँ। अहिले उखु, साग, केराउ, प्याज, लसुनलगायतका नगदे बाली छन्।'  बगानमा वार्षिक सात लाख रुपैयाँ दाना र १० हजारभन्दा बढीको बिरुवा उत्पादन हुने गरेको छ। कागती र बिरुवाले राम्रो उत्पादन दिन थालेपछि धेरै टाढाका कृषकले पनि खरिद गर्ने गरेका छन्। बिरुवा बिक्रीबाट आठ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। कागतीको दाना र बिरुवाबाट वार्षिक २० लाख रुपैयाँमाथि आम्दानी हुने गरेकोे कृषक न्यौपानेले बताए।

कागतीका बोट हुर्किँदै जाँदा क्याङ्गस र फङ्मसजस्ता रोगले निकै सताउने गरेको उनले बताए। कृषि प्राविधिकिसमेत रहेका न्यौपाने रोगले सताएमा बोटले राम्रो उत्पादन दिन नसक्ने बताए। उनले भने,' ग्रामीण भेगका यस्ता फार्मले राज्यबाट अनुदान पाउन निकै झन्झट ब्यहोर्नुपरेको छ।' रासस  


प्रकाशित : आइतबार, चैत १९ २०७९०४:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend