बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछु : मन्त्री भण्डारी

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत १८ २०७९
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछु : मन्त्री भण्डारी

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने बताएका छन्।

काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने बताएका छन्। वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मानका साथ विश्व बजारमा श्रम गर्नसक्ने वातावरण सिर्जना गर्ने उनको भनाइ छ।

आज शनिबार ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षणमा पुगेका मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका नेपालीको ठूलो योगदान भएकाले यसलाई व्यवस्थित बनाउन लागिपर्ने बताएका हुन्। 

'अर्थतन्त्रमा रेमिट्यान्समा महत्वपूर्ण योगदान पुर्‍याउने वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मान र इज्जतका साथ विश्वबजारमा आफ्नो श्रम प्रयोग गर्नसक्ने वातावरण सिर्जना गर्ने मेरो पहिलो प्रयास हुनेछ', उनले भने।

विभिन्न देशमा रोजगारीका लागि गैरकानुनी ढंगले जाने अवस्था सिर्जना भइरहेको भन्दै उहाँले यसले उक्त देशसँग दौत्य सम्बन्ध स्थापित गरी सहज बनाउने बताए। मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा हुने ठगी, गैरकानूनी कामको अन्त्य गर्दै श्रमिकको हकहितका लागि काम गर्ने सम्मानित मन्त्रालयका रुपमा अगाडि बढाउन आफू लागिपर्ने बताए।

जनताले अनुमोदन गरेको गठबन्धनको सरकार बनेको भन्दै यो स्थायी र दीर्घकालसम्म जाने दाबी गरे। रासस


प्रकाशित : शनिबार, चैत १८ २०७९११:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend