बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गलत सूचना फैलाउन बुद्ध एयरको लोगो दुरुपयोग

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १७ २०७९
गलत सूचना फैलाउन बुद्ध एयरको लोगो दुरुपयोग

काठमाडौं-  विगत केही दिनयता बुद्ध एयरको लोगो प्रयोगगरि समाजिक सञ्जालमा 'फ्लाईट सेलिब्रेशन गिफ्ट' अफरका नाममा फैलिरहेको विषय भ्रामक रहेको बुद्ध एयरले बताएको छ। 

यस्तो कुनै पनि अफर नल्याएको बुद्ध एयरले जानकारी गराएको छ। 

आफ्नो कम्पनीको लोगो दुरुपयोग गरेर गरिएको भ्रामक प्रचारकाविरुद्ध कानूनी उपचार सुरु गरिसकिएको बुद्ध एयरले जानकारी दिएको छ।

बुद्ध एयरका नाममा गरिएको फेक पोष्ट हाल ह्वाट्सएप, भाइबर, म्यासेन्जर तथा फेसबुकमा सेयर भइरहेको छ। एयरलाइन्सले सामाजिक सञ्जालमा फैलिरहेको उक्त पोष्टको फोटो सेयर गर्दै कम्पनीको तर्फबाट यस्ता कुनै पनि अफर नरहेको सर्वसाधारणलाई अनुरोध गरेको छ। 

प्रयोगकर्ताको डेटामा पहुँच पुर्‍याउनका लागि ह्याकरहरूले यस्ता चर्चित कम्पनीको लोगो दुरुपयोग गर्दै लोभ्याउने गर्छन्। तर आधिकारिक कम्पनीको पेज भेरिफाइड हुन्छ। 


प्रकाशित : शुक्रबार, चैत १७ २०७९०८:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend