सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

रैथाने बाली खरिद गर्न गाउँपालिकाले गर्‍यो सम्झौता

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १७ २०७९
images
रैथाने बाली खरिद गर्न गाउँपालिकाले गर्‍यो सम्झौता

चिनो र कागुुनो प्रतिकिलो ६५, फापर ९० र कोदो प्रतिकिलो ६० मा खरिद गर्न सम्झौता भएको छ। पहिलो चरणमा एक सय ५० क्विन्टल रैथाने बाली खरिदको सम्झौता भएको छ।

images
images

हुम्ला- हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लासँग रैथाने बाली खरिदका लागि सम्झौता गरेको छ। 
    
सम्झौतामा गाउँपालिकाले खरिद गरेर शाखालाई उपलब्ध गराउनुुपर्ने परिमाण र बालीको प्रकार खुुलाउनुपर्ने उल्लेख छ। सम्झौतामा लिमिटेडको तर्फबाट शाखा प्रमुख कृष्णप्रसाद अधिकारी र अदानचुली गाउँपालिकाको तर्फबाट वडा नम्बर ५ का अध्यक्ष कमल छत्यालले हस्ताक्षर गरे। अदानचुलीबाट लिमिटेडले छ प्रकारका रैथाने बाली खरिद गर्न सम्झौता गरेको हो। 

images
images
images

पहिलो चरणमा एक सय क्विन्टल सिमी प्रतिकिलो एक सय ४०, मास ३० क्विन्टल प्रतिकिलो एक सय ६० तथा फापर, कोदो, चिना र कागुुनो बीस क्विन्टल खरिद गर्न सम्झौता भएको छ।

images
images

चिनो र कागुुनो प्रतिकिलो ६५, फापर ९० र कोदो प्रतिकिलो ६० मा खरिद गर्न सम्झौता भएको छ। पहिलो चरणमा एक सय ५० क्विन्टल रैथाने बाली खरिदको सम्झौता भएको शाखा प्रमुख अधिकारीले बताए बालीको प्याकेजिङ गाउँपालिकाले तथा काठमाडौँसम्मको ढुवानी लिमिटेडले गर्नेछ। 
   
शाखाले यसअघि सिमकोट गाउँपालिकासँग चार किसिमका रैथाने बाली खरिदका लागि सम्झौता गरेको थियो। सिमकोटबाट सुर्खेतसम्म ढुवानी गरेको खाद्यान्नको हवाई ढुवानी भाडा प्रतिकिलो ४५ तिर्नुपर्छ। अदानचुली सडक सञ्जालसित जोडिएकाले प्रतिकिलो १२ मा ढुवानी भाडा तिर्नुपर्ने छ। रैथाने बालीको प्रवर्द्धन र बजारीकरण गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्न लागेको हो। रासस

images
images


प्रकाशित : शुक्रबार, चैत १७ २०७९०५:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend