बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सरकार र राष्ट्र बैंकले नीति परिमार्जन गर्नुपर्छ : बरिष्ठ उपाध्यक्ष ढकाल

शुक्रबार, चैत १७ २०७९
सरकार र राष्ट्र बैंकले नीति परिमार्जन गर्नुपर्छ : बरिष्ठ उपाध्यक्ष ढकाल

साथै ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको समेत बताएका छन्।  'पछिल्ला दिनमा केही परिमार्जन  त भएको छ। रोजगारी सृजना गर्ने अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रुपमा बुझ्नु गलत हो,' उनले भने।

काठमाडौं-  नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका छन्।  महासंघको मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्वोधन गर्दै  वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन्। 

'यो समयमा हामी अत्यन्त संकटमा छौ। आर्थिक संकट केही हाम्रा सरकारी नीति , कोभिड र अन्तरराष्ट्रिय घटनाक्रमका कारण उत्पन्न भएको हो। तर  पछिल्ला केही समय  रेमिट्यान्स र  पर्यटकको संख्या  बढेको छ। यो समयमा सरकार र  केन्द्रीय बैंकले केही नीति परिमार्जन  गर्ने हो भने संकट सहज हुदै जान्छ,' ढकालले भने, 'यो समय एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने होईन हातेमालो गरेर संटकबाट पार लगाउने हो।'

साथै ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको समेत बताएका छन्।  'पछिल्ला दिनमा केही परिमार्जन  त भएको छ। रोजगारी सृजना गर्ने अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रुपमा बुझ्नु गलत हो,' उनले भने।

महासंघ  प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार छ तर त्यसका लागि तपाईहरुले वाताबरण बताउनु पर्ने ढकालको भनाइ थियो। उनले बरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदबार योग्य र सक्षम रहेको उल्लेख गर्दे  सबै प्रदेशको सहमतिको सन्देश बुझ्न समेत आग्रह गरे। 

'बरु तीन बर्षबाट दुई बर्षे कार्यकाल बनाआौं। तपाईहरु तीनै जना नेतृत्वमा पुग्न सक्नु हुन्छ तर यहि अबस्थामा अघि बढ्दा दुई जना सक्षम व्यक्ति बाहिरिनु पर्ने निश्चित छ,' उनले भने, 'आफ्नो कार्यकालमा सम्भव भएसम्म महासंघको प्रत्येक बैठक फरक फरक प्रदेशमा हुन्छ।'


प्रकाशित : शुक्रबार, चैत १७ २०७९०३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend