बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसीले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्वीच

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १६ २०७९
एनआईसीले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्वीच

एनआईसी एसिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ।

काठमाडौं- एनआईसी एसिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ।

बैंकले डिजिटल कारोबारमा आम ग्राहकहरुको उल्लेख्य उपस्थिति भइरहेको अवस्थामा कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार खडा गरेको हो । 

यस स्वीचको मद्दतले यस बैंकका पीओएस तथा एटीएम टर्मिनलहरुमार्फत गरिने कारोबारलाई अन्तरआबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र सरल समेत बनाउन ठोस टेवा मिल्ने बैंकले जनाएको छ। 

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप आधुनिक प्रविधिहरु आत्मसात गर्दै बैंकले सञ्चालनमा ल्याएको यस स्वीचले ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ।


प्रकाशित : बिहीबार , चैत १६ २०७९१२:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend