बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

यौन दुराचारीलाई नेपाल वायुसेवा निगमको जिम्मा

सोमबार, कात्तिक ८ २०७८
यौन दुराचारीलाई नेपाल वायुसेवा निगमको जिम्मा

अधिकारीले निगमको अर्थ विभाग प्रमुख हुँदा महिला कर्मचारीमाथि यौन हिंसा गरेका थिए। मातहतका कर्मचारीले उनीविरुद्ध राष्ट्रिय महिला आयोगमा समेत निवेदन दिएका थिए। 

काठमाडौं- पदमा रहँदा यौन दुराचारमा संलग्न युवराज अधिकारीलाई सरकारले नेपाल वायुसेवा निगमको जिम्मेवारी दिएको छ। आफू मातहतका कर्मचारीमाथि यौन दुराचारमा संलग्न रहेका अधिकारीलाई सोमबारको मन्त्रिपरिषद बैठकले निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।

स्रोतका अनुसार नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालको दबाबमा अधिकारीलाई नियुक्त गरिएको हो। 

निगमका तत्कालीन अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा अधिकारीलाई नियुक्त गरिएको हो। घिमिरेलाई सुरुमा कार्यकारी अध्यक्ष बनाइएको भए पनि पछि कार्यकारी जिम्मेवारी डिमप्रकाश पौडेललाई दिइएको छ। 

अधिकारीले निगमको अर्थ विभाग प्रमुख हुँदा महिला कर्मचारीमाथि यौन हिंसा गरेका थिए। मातहतका कर्मचारीले उनीविरुद्ध राष्ट्रिय महिला आयोगमा समेत निवेदन दिएका थिए। निगमका ९१ जना कर्मचारीले उनीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी गरेका थिए ।

youbraj adhikari.jpg
युवराज अधिकारी

यौन हिसांकै विषयमा कर्मचारीले निगमका तत्कालीन महाप्रबन्ध सुगतरत्न कंसाकार समक्षसमेत निवदेन दिएका थिए।

हिंसा गरेको पुष्टि भएसँगै अधिकारीले माफी माग्दै अब उपरान्त यस्तो काम नगर्ने भन्दै मेलमिलाप गरेका थिए। 

मेलमिलाप पत्रमा भनिएको छ, ‘ क्षमा मागी आगामी दिनमा सोही किसिमको गल्ती नदोहोर्‍याउने तथा दुबै पक्षले काँही कतै उजुरी नगर्ने गरी महाप्रबन्धको कार्याकक्षमा बसी होसहवासमा मेलमिलाप गरियो।’

अधिकारीले महिला कर्मचारीलाई आफ्नो कार्यकक्षमा बोलाइ 'कति राम्री देखिएकी भन्दै संवेदनशिल अंगमा हेर्ने/छुने, यौन हिंसाजन्य कुरा गर्ने, सरुवा बढुवामा राम्रो ठाउँ मिलाइदिन्छु, विदेश घुम्न जाउँ, मसँग मोज गर्नुपर्छ भन्दै मानसिक यातना दिने र आत्मसम्मानमा गम्भीर चोट पुर्‍याउने काम गरको' भन्दै कर्मचारीले महिला आयोगमा उजुरी दिएका थिए।

उजुरी दिने विषय थाहा पाएपछि कर्मचारीलाई कार्यकक्षमा बोलाइ धम्काएको समेत उजुरीमा उल्लेख थियो।

यस्तो छ उजुरी-

mahila aayog ujuri.jpg

यस्तो छ मेलमिलाप पत्र

melmilap.jpg


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८१३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend