बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना : ८० हजार बोनसदेखि ५ लाखसम्म छुट

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १३ २०७९
‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना : ८० हजार बोनसदेखि ५ लाखसम्म छुट

योजनाअन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँसम्मको छुट, नयाँ वर्ष बोनस ८० हजार र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म जस्ता आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्। 

काठमाडौं- लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेताले 'हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको छ। आउँदै गरेको नयाँ वर्षलाई लक्षित गरी कम्पनीले सोमबार (आज) देखि सो योजना सुरू गरेको हो। 

यो योजनाअन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँसम्मको छुट, नयाँ वर्ष बोनस ८० हजार र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म जस्ता आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्। यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीले उल्लेख गरेको छ। 

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि-सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुनेछन्।

हुन्डाईले गएको महिना मात्रै भेन्यु र नियोस फेसलिफ्ट भर्जन लञ्च गरेको थियो। यस स्किमबाट हुन्डाई को कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरी फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।


प्रकाशित : सोमबार, चैत १३ २०७९१२:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend