बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्थापनाको पहिलो दशकमा कछुवा गतिमा रहेको 'पतञ्जली नेपाल'को पछिल्ला दुई वर्षमा छलाङ 

बुधबार, चैत १५ २०७९
स्थापनाको पहिलो दशकमा कछुवा गतिमा रहेको 'पतञ्जली नेपाल'को पछिल्ला दुई वर्षमा छलाङ 

खाद्यान्नका विभिन्न उत्पादन गर्दै आए पनि यसका उत्पादनले खासै बजार पाएका छैनन्। देशभर सयभन्दा बढी डिलर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

काठमाडौं- पतञ्जली आयुर्वेद प्राली नेपालको आम्दानीमा पछिल्ला दुई वर्षमा व्यापक सुधार भएको देखिएको छ। कम्पनीले ऋण लिने प्रयोजनका लागि गराएको क्रेडिड रेटिङमा उल्लेखित विवरणअनुसार पछिल्ला तीनवर्षमै करिब ५५ प्रतिशतले आम्दानी बढेको छ। 

चर्चित योगगुरू रामदेवको लगानी रहेको ब्रान्ड पतञ्जली र उनकै सहयात्री नेपालीमूलका आचार्य बालकृष्णको समेत लगानी रहेको पतञ्जली नेपालको आम्दानीमा पछिल्ला दुई वर्षदेखि निरन्तर उकालो लागेको छ। 

भारतीय कम्पनी गंगोत्री प्रालीको ९० प्रतिशत लगानी र नेपालका व्यवसायी उपेन्द्र महोतोको कम्पनी रामजानकी इन्भेष्टमेन्टको १० प्रतिशत लगानी रहेको यो कम्पनीको तथ्यांकमा प्रगति देखिएको छ।

पतञ्जली ब्रान्ड तथा अन्य बौद्धिक सम्पत्तिको उपयोगका लागि यो कम्पनीले सन् २०२४ सम्म सम्झौता गरेको छ। त्यसपछि नवीकरण हुने उल्लेख गरिएको छ। यद्यपि सो मितिभन्दा ठीक अघि पतञ्जली नेपालको आम्दानीमा उल्लेखनीय वृद्धि देखिएको छ। 

पतञ्जली नेपालले विभिन्न वर्गका खाद्य तथा गैरखाद्य वस्तु उत्पादन गर्दै आएको छ। विशेषगरि यसले नेपालमा खाद्य तथा सौन्दर्य र सफाइका सामान उत्पादनमा ल्याइरहेको छ। 

गैरखाद्यमा यसले सौन्दर्य र होम केयरका वस्तु उत्पादन गर्दै आएको छ। कम्पनीको ६२ प्रतिशत आम्दानी यही होमकेयरबाट आउने गरेको छ। लुगा धुने साबुन, पाउडर, मञ्जन, भान्सा सफाइका विभिन्न उत्पादन यो वर्गमा कम्पनीले गर्दै आएको छ। यही वर्गको उत्पादनबाट उल्लेख्य राजस्व आइरहेको रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ। 

खाद्यान्नमा पनि विभिन्न उत्पादन गर्दै आए पनि यसका उत्पादनले खासै बजार पाएका छैनन्। देशभर सयभन्दा बढी डिलर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

पछिल्ला तीन वर्षमा यो कम्पनीको वित्तीय प्रगति नाटकीय ढंगले अघि बढेको देखिन्छ। आर्थिक वर्ष २७६/७७ मा ९६ करोड रुपैयाँको मात्र व्यापार गरेको कम्पनीले २०७७/७८ मा १ अर्ब २५ करोडको आम्दानी गरेको थियो। गत आर्थिक वर्षमा १ अर्ब ५० करोड रुपैयाँ आम्दानी पुर्‍याएको छ। 

नेपालमा ११ वर्षअघि स्थापना भएर पनि बजारमा प्रभाव छाड्न असफल देखिएको पतञ्जाली ब्रान्डले आक्रमक विस्तारको रणनीति लिएको छ। कम्पनीले ९५ करोड ऋण लिनका लागि रेटिङ गराएको छ। इक्रा नेपालले यसलाई 'ए थ्री' रेटिङ दिएको छ।


प्रकाशित : बुधबार, चैत १५ २०७९०३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend