बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सञ्जाल विस्तार गर्दै भेरा पिज्जा, दरबारमार्गपछि बौद्धमा पनि खुल्यो 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १२ २०७९
सञ्जाल विस्तार गर्दै भेरा पिज्जा, दरबारमार्गपछि बौद्धमा पनि खुल्यो 

इटालीको स्वाद‚ तथा पिज्जा बनाउन चाहिने सम्पूर्ण परिकार विदेशबाट आयात गर्ने उनको भनाइ छ। ग्राहकले अर्डर गरेको एक मिनेटमा पिज्जा तयार हुने गरी अत्याधुनिक मेसिन जडान गरिएको छ।

काठमाडौं- पिज्जा चेन रेष्टुरेन्टका रुपमा स्थापित 'भेरा' ले आफ्नो शाखा विस्तार गरिरहेको छ। स्थापना भएको चार वर्षमा भेराले तेस्रो आउटलेट सञ्चालनमा ल्याएको छ। 

चार वर्षअघि ठमेलमा खुलेर सञ्चालन भए पनि कोरोना महामारीका कारणले करिब २ वर्ष अवरुद्ध भएपनि त्यसपछि तेस्रो आउटलेट बौद्धमा सञ्चालन गरेको हो। ठमेलपछि दरबारमार्गमा खुलेको भेराको शाखा बौद्धमा पनि सञ्चालन भएको छ। 

बौद्धको उत्पला कम्प्लेक्सभित्र नयाँ शाखा खोलिएको सञ्चालक सन्देश अधिकारीले बताए। फरक स्वाद र ठमेलबाहेकका ठाउँबाट समेत शाखा खोल्न माग हुन थालेपछि बौद्ध छनोटमा परेको हो। 

‘४ वर्ष अघि ठमेलमा भेरा ब्रान्डमा पिज्जा ल्याइएको थियो‚’ अधिकारीले भने‚ ‘काठमाडौंको विभिन्न ठाउँबाट पिज्जा खान आउनेक्रम बढेसँगै पहिलो शाखाको रुपमा उत्पलामा विस्तार गरिएको हो।’

इटालीको स्वाद‚ तथा पिज्जा बनाउन चाहिने सम्पूर्ण परिकार विदेशबाट आयात गर्ने उनको भनाइ छ। ग्राहकले अर्डर गरेको एक मिनेटमा पिज्जा तयार हुने गरी अत्याधुनिक मेसिन जडान गरिएको छ। पातलो तह र यसको शीर्षमा उत्तम टोपिङ्सको साथ उत्तम क्रस्ट छ। जसका कारण पिज्जा उत्कृष्ट बन्ने सञ्चालकहरुले दाबी गरेका छन्‌। 


प्रकाशित : आइतबार, चैत १२ २०७९११:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend