बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

साउनदेखि योगदान नियमित गर्न सामाजिक सुरक्षा कोषको आग्रह 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ८ २०७८
साउनदेखि योगदान नियमित गर्न सामाजिक सुरक्षा कोषको आग्रह 

साउन महिनादेखिको योगदान रकम कानुन बमोजिम नियमित गर्ने भन्दै सूचना जारी गरेको छ। रकम जम्मा नभएको अवस्थामा कोषबाट पाउने सुविधा लिन नपाउने कोषले जानकारी गराएको छ।

काठमाडौं- सामाजिक सुरक्षा कोषले रोजगारदाता र योगदान कर्तालाई साउनदेखि दाखिला गर्नु पर्ने रकम कानुन अनुसार नियमित गर्न आग्रह गरेको छ।

कोषले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेख भएको व्यवस्था अनुसार सरकारले जेठ र असार महिनाको रोजगारदाता र योगदानकर्ताले जम्मा गर्नुपर्ने योगदान रकम नेपाल सरकारले केही समयमा व्यहोर्ने समेत जनाएको छ।

साउन महिनादेखिको योगदान रकम कानुन बमोजिम नियमित गर्ने भन्दै सूचना जारी गरेको छ। रकम जम्मा नभएको अवस्थामा कोषबाट पाउने सुविधा लिन नपाउने कोषले जानकारी गराएको छ।

सरकारले  २०७८ को जेठ र असार महिनाको रोजगारदाता र योगदान कर्ता दुबैले दाखिला गर्नु पर्ने रकम भुक्तानी गर्ने निर्णय गरेको थियो।

प्रकाशित : सोमबार, कात्तिक ८ २०७८०८:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend