बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आईएमई मोटर्स र नबिल बैंकबीच कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ८ २०७९
आईएमई मोटर्स र नबिल बैंकबीच कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता 

ग्राहकले सो अफरअन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आईएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।  
 
उक्त सम्झौता पत्रमा आईएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरे। सम्झौता भएसँगै ग्राहकले सो अफरअन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्नेछन्।

अशोक लेल्यान्ड ब्राण्डका सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ। नेपाल राष्ट्र बैंकको नीति निर्देशनअन्तर्गत रहेर कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने बताइएको छ।


प्रकाशित : बुधबार, चैत ८ २०७९११:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend