बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआरएनएका अभियन्ता कृष्ण लामिछाने अमेरिकामा मृत भेटिए

बुधबार, चैत ८ २०७९
एनआरएनएका अभियन्ता कृष्ण लामिछाने अमेरिकामा मृत भेटिए

काठमाडौं- अमेरिकाको टेक्सस राज्यमा लामो समयदेखि बस्दै आएका गैरआवासीय नेपाली संघका अभियन्ता कृष्ण लामिछाने आफ्नै निवासमा मृत अवस्थामा भेटिएका छन्। 

उनी मंगलबार साँझपख आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन्। पारिवारिक स्रोतका अनुसार उनले आत्महत्या गरेकाे हुनसक्ने बताइएकाे छ। उनले अमेरिकामा आफ्नो व्यवसायसमेत गर्दै आएका थिए। 

गोरखा नाम्जुङ घर भएका लामिछाने नेपाली जनसम्पर्क समितिका संस्थापक मध्येका एक हुन्। उनी दुई छोरी र श्रीमतिका साथमा बस्दै आएका थिए। लामिछाने विगत केही महिनादेखि पारिवारिक समस्यामा थिए। उनको मृत्युको कारण औपचारिक रुपमा पुष्टि हुन बाँकी छ।

texa.png


प्रकाशित : बुधबार, चैत ८ २०७९०३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend