बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

८ महिनामा रोजगारीका लागि विदेशिए ५ लाख ४० हजार नेपाली

आइतबार, चैत ५ २०७९
८ महिनामा रोजगारीका लागि विदेशिए ५ लाख ४० हजार नेपाली
फाइल तस्बिर

फागुन महिनामा मात्रै ६१ हजार ८ सय ४५ जना नेपाली रोजगारीका लागि विदेशिएको विभागले जनाएको छ। 

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को ८ महिना (साउन-फागुन) मा रोजगारीका लागि ५ लाख ४० हजार ६ सय ७५ जना नेपाली विदेशिएका छन्। 

वैदेशिक रोजगार विभागका अनुसार नयाँ कामका लागि म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जानेको संख्या २ लाख ९४ हजार ४ सय ४१ रहेको छ। यसबाहेकको अन्य संख्या बिदामा नेपाल आएर पुन: विदेश फर्कनेको हो। 

फागुन महिनामा मात्रै ६१ हजार ८ सय ४५ जना नेपाली रोजगारीका लागि विदेशिएको विभागले जनाएको छ। रोजगारीका लागि युवाको रोजाइमा सबैभन्दा बढी मलेसिया परेको विभागले जनाएको छ। 

कुन महिना कति बाहिरिए?

चालु आवको साउनमा साउनमा ६३ हजार ३९ जना नेपाली रोजगारीका लागि विदेशिएका छन्। 

विभागका अनुसार भदौमा ७६ हजार ४ सय ३, असोजमा ६२ हजार ७ सय ६, कात्तिकमा ७८ हजार ३ सय ७०, मंसिरमा ६८ हजार ५ सय ६४, पुसमा ६५ हजार ४ सय ६४ जना नेपाली वैदेशिक राेजगारीका लागि बाहिरएका छन्। 

यस्तै माघ महिनामा वैदेशिक राेजगारीका लागि विदेशिनेको संख्या ६४ हजार २ सय ८४ छ। 


प्रकाशित : आइतबार, चैत ५ २०७९१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend