बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२ अर्ब २० करोड लगानीमा चिनी मिल खुल्दै, वार्षिक ३३ हजार ७ सय ५० मेट्रिक टन उत्पादन गर्ने लक्ष्य

आइतबार, चैत ५ २०७९
२ अर्ब २० करोड लगानीमा चिनी मिल खुल्दै, वार्षिक ३३ हजार ७ सय ५० मेट्रिक टन उत्पादन गर्ने लक्ष्य

उद्योगले वार्षिक ३३ हजार ७ सय ५० मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्य लिएको छ।

काठमाडौं- उखु उत्पादन गर्ने किसानलाई सयममै चिनी उद्योगले रकम भुक्तानी नगरिरहेका बेला नयाँ चिनी उत्पादन उद्योग खुल्ने भएको छ। पर्साको जिराभवानीमा नयाँ चिनी मिल खुल्न लागेको हो। 

कविता अग्रवाल सञ्चालक रहने गरी उद्योग स्थापनाका लागि उद्योग विभागमा कम्पनी दर्ता समेत भइसकेको छ। २ अर्ब २० करोड रूपैयाँको लगानीमा खुल्न लागेको उद्योग विजय श्री सुगर मिल्स प्रालि नामले विभागमा दर्ता भएको छ।

उद्योगले वार्षिक ३३ हजार ७ सय ५० मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्य लिएको छ। यसैगरी उद्योगले १८ हजार ७ सय ५० मेट्रिक टन मोलासेस (गुड) उत्पादन गर्ने समेत दर्ता विवरणमा उल्लेख छ।

उद्योगमा ३ सय ५० जनाले रोजगारी पाउने विवरणमा उल्लेख छ।


प्रकाशित : आइतबार, चैत ५ २०७९१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend