शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

किसानलाई प्रांगारिक तथा जैविक मल बनाउने तालिम

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत ४ २०७९
किसानलाई प्रांगारिक तथा जैविक मल बनाउने तालिम

रासायनिक मलको अभाव भोग्दै आएका किसान टोलटोलमा पुगेर गाउँपालिकाले प्रांगारिक तथा जैविक मल बनाउने तालिम दिएपछि खुसी भएका छन्।

गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका किसानलाई प्रांगारिक तथा जैविक मल बनाउने तालिम दिएको छ। गाउँपालिकाले वडा नम्बर ६ स्थित डाँडाथोकमा किसानलाई जैविक मल बनाउने तालिम दिएको गाउँपालिका कृषि शाखाका प्रमुख रोजिना मग्रातीले जानकारी दिइन्।

'सहकारी संस्थामा आबद्ध रहेका ४० जना किसानलाई प्रांगारिक तथा जैविक मल बनाउने सिकाइएको हो', उनले भनिन्, 'रासायनिक मलको अत्यधिक प्रयोग माटो बिग्रने भएकाले किसानलाई प्रांगारिक तथा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्नका लागि पनि तालिम प्रभावकारी भएको छ।'

प्रांगारिक तथा जैविक मलको प्रयोगबाट उत्पादन हुने खाद्य वस्तुले मानिसको स्वास्थ्यमा समेत हानी नपुग्ने भएकाले गाउँपालिकाभित्रका किसानलाई प्रांगारिक तथा जैविक मलको प्रयोगमा जोड दिँदै आएको मग्रातीले बताइन्। गाउँपालिकाले ‘रासायनिक मललाई नियन्त्रण गरौ, जैविक र प्रांगारिक मलको प्रयोग गरौँ स्वास्थ्य बनौँ’, भन्ने नारासहित वडावडामा पुगेर किसानलाई तालिम दिँदै आएको हो।

चालु आर्थिक वर्षभित्रमा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ किसानलाई प्रांगारिक तथा जैविक मल बनाउने तालिम प्रदान गरिसकेको उनले जानकारी दिइन्। सहभागीलाई  सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउने गरिएकाले किसानका लागि तालिम प्रभावकारी भएको मग्रातीको भनाइ छ।

रासायनिक मलको अभाव भोग्दै आएका किसान टोलटोलमा पुगेर गाउँपालिकाले प्रांगारिक तथा जैविक मल बनाउने तालिम दिएपछि खुसी भएका छन्। रासस


प्रकाशित : शनिबार, चैत ४ २०७९०५:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend