बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पोस्टपेड प्रयोगकर्ताका लागि नेपाल टेलिकमको नयाँ अफर, के-के छन् सुविधा?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ३ २०७९
पोस्टपेड प्रयोगकर्ताका लागि नेपाल टेलिकमको नयाँ अफर, के-के छन् सुविधा?

शुक्रबारदेखि लागु भएको यो अफर टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ।

काठमाडौं- नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड-६३६’ प्याकेज ल्याएको छ। 

शुक्रबारदेखि लागु भएको यो अफर टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ। ६३६ रूपैयाँमा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने टेलिकमको भनाइ छ। 

अन्य नेटवर्कमा भने १०० मिनेट कल गर्न सकिने टेलिकमले जनाएको छ।

यस अफरमा अन नेट १ सय ५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ। त्यसैगरी प्रत्येक दिन ३ सय एमबी डाटा प्रयोग गर्न सकिने छ। टेलिकमका अनुसार सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ।

यो प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*२*२# डायल गर्नुपर्ने छ। साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेजअन्तर्गत पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ।


प्रकाशित : शुक्रबार, चैत ३ २०७९०९:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend