बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेलले ल्यायो ‘मज्जाको प्लान’

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ३ २०७९
एनसेलले ल्यायो ‘मज्जाको प्लान’

स्टार्टर प्याकअन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन्। प्राप्त डेटा र टक टाइम सिम सुचारू भएको दिनदेखि २८ दिनको लागि मान्य रहनेछ।

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको छ। नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ शुक्रबारदेखि सञ्चालनमा आएको एनसेलले जनाएको छ। 

एनसेल कम्पनीका इच्छुक ग्राहकले यो स्टार्टर प्याक नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट करसहित ५९९ मा खरिद गर्न सक्नेछन्। यस प्याकअन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन्। प्राप्त डेटा र टक टाइम सिम सुचारू भएको दिनदेखि २८ दिनको लागि मान्य रहनेछ।

साथै यो प्लान सुचारू गर्ने ग्राहकले २ सय वा सोभन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्नेछन्। ग्राहकले २ सयदेखि  ४ सय ९९ रूपैयाँको रिचार्जमा ५ प्रतिशत बोनस क्यासब्याक प्राप्त गर्न सक्छन् भने ५ सय वा सोभन्दा बढीको रिचार्जमा १० प्रतिशत बोनसको मज्जा लिन सक्छन्।

यो प्लान सुचारू गर्ने ग्राहकले यो अकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान ५ सय ९९ मा नै आफ्नो आवश्यकता अनुसार सिम खरिद गरेको दिनदेखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सक्छन्। प्रिपेड ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार सञ्चालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरु एनसेल एप तथा अन्य माध्यमहरु जस्तै एसएमएस र यूएसएसडीबाट सुचारू गर्न सक्ने एनसेलले जनाएको छ।


प्रकाशित : शुक्रबार, चैत ३ २०७९०४:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend