शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

सांसद राजेन्द्र बजगाईँले चेपाङ किसानलाई दिए प्रतिघर ३ क्रेट

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २ २०७९
सांसद राजेन्द्र बजगाईँले चेपाङ किसानलाई दिए प्रतिघर ३ क्रेट

बुधबार गण्डकी गाउँपालिकामा आयोजित कार्यक्रममा सांसद राजेन्द्र बजगाईँले वडा नं ६ र ७ हिक्लुङ, थुम्का, लुप्राङ, कौदी, ह्वीलिङ, क्याङतुङका व्यावसायिक चेपाङ किसानहरुलाई क्रेट वितरण गरेका हुन्।

काठमाडौं- व्यावसायिक तरकारी खेती गर्ने गण्डकी गाउँपालिकाका १ सय २४ जना सीमान्तकृत चेपाङ किसानलाई क्रेट वितरण गरिएको छ। 

मौसमी तथा बेमौसमी तरकारी सुरक्षित तरिकाले बजारसम्म पुर्‍याउन मद्दत पुग्ने उद्देश्यले सांसद राजेन्द्र बजगाईँले प्रत्येक किसानलाई तीनवटाका दरले क्रेट वितरण गरेका हुन्।

बुधबार गण्डकी गाउँपालिकामा आयोजित कार्यक्रममा सांसद बजगाईँले वडा नं ६ र ७ हिक्लुङ, थुम्का, लुप्राङ, कौदी, ह्वीलिङ, क्याङतुङका व्यावसायिक चेपाङ किसानहरुलाई क्रेट वितरण गरेका हुन्।

क्रेट पाउँदा किसान खुसी भएका छन्। यसअघि बोरा र डोकामा तरकारी बोक्दा चोट लाग्ने र तरकारी बिग्रिने गरेकाले अब क्रेटमा सुरक्षित तरिकाले बजार पुर्‍याउन सकिने उनीहरूको विश्वास छ।


प्रकाशित : बिहीबार , चैत २ २०७९०५:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend