बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ह्‍याक भयो प्रधानमन्त्रीको ट्‍वीटर खाता  

बिहीबार , चैत २ २०७९
ह्‍याक भयो प्रधानमन्त्रीको ट्‍वीटर खाता  

प्रधानमन्त्री दाहालको व्यक्तिगत खाता, सचिवलाय तथा अन्य कुनै पनि माध्यमबाट कुनै जानकारी आएको छैन। 

काठमाडौं- प्रधानमन्त्रीको ट्‍वीटर खाता ह्याक भएको छ। आधिकारिक ह्यान्डलबाट पछिल्लो समय जथाभावी गतिविधि भइरहेका छन्। प्रधामनमन्त्रीको आधिकारिक ट्‍वीटर अकाउन्टबाट अस्वभाविक ट्विट रिट्विट तथा लाइक भइरहेको छ। 

यस्ता गतिविधि भएपछि ह्याकरको नियन्त्रणमा खाता पुगेको हो वा होइन भन्ने विषयमा आधिकारिक जानकारी भने अहिलेसम्म आएको छैन। 

प्रधानमन्त्री पुष्पकमल दाहालको आधिकारिक सरकारी ट्‍वीटर खाताबाट विभिन्न अस्वभाविक काम भइरहेका छन्। @PM_nepal_ ह्यान्डलबाट हिजो रातिदेखि यस्ता गतिविधि भएपनि अहिलेसम्म आधिकारिक जानकारी प्रवाह गरिएको छैन। 

प्रधानमन्त्री दाहालको व्यक्तिगत खाता,सचिवलाय तथा अन्य कुनै पनि माध्यमबाट कुनै जानकारी आएको छैन। 

प्रधानमन्त्रीको आधिकारिक ट्‍वीटर खाता ह्याकरको नियन्त्रणमा पुगेको थाहा पाएर बरु बैकल्पिक खाता बनाइएको देखिन्छ। तर यसका बारेमा कुनै पनि जानकारी आएको छैन। 

 


प्रकाशित : बिहीबार , चैत २ २०७९०२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend