बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मेट्रो सुपरमार्केटमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २८ २०७९
मेट्रो सुपरमार्केटमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट

यो अफरअन्तर्गत ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० प्रतिकारोबार र अफर अवधिभर ३०० रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- मेट्रो सुपरमार्केटले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुटको अफर ल्याएको छ। 

विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले कम्पनीले मेट्रो सुपर मार्केटसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको हो। 

यो अफरअन्तर्गत ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० प्रतिकारोबार र अफर अवधिभर ३०० रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यस अफरअन्तर्गत मेट्रो सुपर मार्केर्टका पेप्सीकोला, सानेपा र जोरपाटीस्थित शाखामा एनआईसी एसिया मो. बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यन क्यास तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।


प्रकाशित : आइतबार, फागुन २८ २०७९१०:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend