बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आईएमई पे मोबाइल टप अपमा पाँच प्रतिशत क्यासब्याकको निरन्तरता 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २८ २०७९
आईएमई पे मोबाइल टप अपमा पाँच प्रतिशत क्यासब्याकको निरन्तरता 

यो अफरअन्तर्गत सेवाग्राहीहरूले दुई हजार बराबरको रिर्चाज गर्दा एकसय, एक हजार गर्दा पचास र एकसय गर्दा पाँच रूपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्। साथै हरेक रिर्चाजमा पाँच प्रतिशतसम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ।

काठमाडौं- आईएमई पेले आफ्नो सेवाग्राहीहरूलाई आईएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याक अफर यथावत् राखेको छ।  

टप अपमा पाँच प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राही लाभान्वित भएपछि कम्पनीले यो अफरलाई निरन्तरता दिएको हो। यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आमसेवाग्राहीहरूलाई अभ्यस्त बनाउने कम्पनीको विश्वास छ।

यो अफरअन्तर्गत सेवाग्राहीहरूले दुई हजार बराबरको रिर्चाज गर्दा एकसय, एक हजार गर्दा पचास र एकसय गर्दा पाँच रूपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्। साथै हरेक रिर्चाजमा पाँच प्रतिशतसम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ। यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत र दर्ता नभएको मोबाइल नम्बरमा दुई प्रतिशत कायम गरिएको छ।  


प्रकाशित : आइतबार, फागुन २८ २०७९१०:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend