शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

कृषकलाई उन्नत जातको मकैको बीउ वितरण, व्यावसायिक खेतीतर्फ आकर्षण बढ्दै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २६ २०७९
कृषकलाई उन्नत जातको मकैको बीउ वितरण, व्यावसायिक खेतीतर्फ आकर्षण बढ्दै

तनहुँ- तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ। नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो।

व्यासका चौधवटै वडाका कृषकलाई मकैको बीउ वितरण गरिएको हो। कृषकलाई अरुण-२, रामपुर कम्पोजिट, मनकामना-३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिइन्। प्रत्येक वडाबाट सिफारिस भइ आएका कृषकलाई उनीहरुले माग गरेको आधारमा बीउ उपलब्ध गराएको उनले बताइन्।

'हालसम्म छ मेट्रिक टन बीउ वितरण गरिसकेका छौँ', बगालेले  भनिन्, ‘बाँकी बीउ वितरण जारी छ।'

उन्नत जातको मकैको बीउको मूल्य प्रतिकिलो १ सय ३० देखि १ सय ५० रूपैयाँ कायम गरिएको छ। कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित तथा आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान दिन थालिएको उनको भनाइ छ। 

व्यास नगरपालिकाले यसअघि चौधवटै वडाका कृषकलाई २२  मेट्रिक टन आलुको बीउ वितरण गरेको थियो।

यसैगरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीका घारसमेत वितरण गर्न लागेको छ। एक सय कृषकलाई मौरीसहितको घार प्रदान गरिने कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९०४:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend