बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निसर्ग बाटिकाले क्याम्ब्रिजको अन्तर्राष्ट्रिय प्राथमिक तह पढाउने; माध्यमिक तहमा केसीएमसँग सहकार्य

बिहीबार , फागुन २५ २०७९
निसर्ग बाटिकाले क्याम्ब्रिजको अन्तर्राष्ट्रिय प्राथमिक तह पढाउने; माध्यमिक तहमा केसीएमसँग सहकार्य

काठमाडौं- काठमाडौंको रविभवनमा सञ्चालित निसर्ग बाटिका विद्यालयले क्याम्ब्रिज इन्टरनेशनलसँग सम्बन्धन लिएको छ।

विद्यालयले शैक्षिक वर्ष २०८० बाट क्याम्ब्रिज प्राइमरी पाठ्यक्रम लागू गर्ने काठमाडौंमा आयोजित एक कार्यक्रममा जानकारी दिइयो। साथै विद्यालयले हाई स्कूल कार्यक्रमलाई समृद्ध बनाउन काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसीएम)सँग पनि सहकार्यको घोषणा गरिएको छ। 

क्याम्ब्रिजसँग सम्बद्धताको विषय विद्यालयकी प्रिन्सिपल उषा जोशी र क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेसमेन्टका दक्षिण एशियाका प्रबन्ध निर्देशक श्री अरुण राजामणिले संयुक्त रूपमा घोषणा गरेका थिए।

दुवैले राष्ट्रिय पाठ्यक्रमसँगै आधुनिक शिक्षा प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा र प्रमाणीकरण गर्नुपर्नेमा जोड दिए। यससँग, यो विद्यालय नेपालको क्याम्ब्रिज सम्बद्ध विद्यालयहरूको सूचीमा सामेल भएको छ।

केसीएम र निसर्गबीचको सहकार्यका लागि निसर्ग बोर्डकी अध्यक्ष कामना रेग्मी र केसीएमका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल विष्णुराज अधिकारीबीच समझदारीपत्र आदानप्रदान भएको थियो।

त्यसअनुसार केसीएमले निसर्ग बाटिका कार्यक्रममा आवश्यक सहयोग गर्ने छ। दुई संस्थाबीचको संयुक्त कार्यक्रमले कक्षा ११ र  १२ का विद्यार्थीहरूलाई उनीहरूको कलेज र विश्वविद्यालय स्तरको शिक्षा र करियरको लागि आवश्यक पर्ने विकल्प र एक्सपोजरको विस्तृत दायरा पनि प्रदान गर्ने जनाइएको छ।


प्रकाशित : बिहीबार , फागुन २५ २०७९१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend