बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्मार्टच्वाईस र हिमालयन बैंकबीच स्मार्ट क्यूआर सेवासम्बन्धी सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २४ २०७९
स्मार्टच्वाईस र हिमालयन बैंकबीच स्मार्ट क्यूआर सेवासम्बन्धी सम्झौता

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र हिमालयन बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ। 

काठमाडौं- स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र हिमालयन बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ। 

यो सम्झौतासँगै अब मोबाइल बैंकिङ एप एचआई-एमबि प्रयोगकर्ताहरूले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएत स्मार्ट क्यूआरमा आबद्ध भएका मर्चेन्टहरुमार्फत वस्तु तथा सेवा को भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सक्नेछन्। 

यस्तै हिमालयन बैंकका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आबद्ध भएका बैंक तथा वीत्तीय संस्थाका ग्राहकहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 


प्रकाशित : बुधबार, फागुन २४ २०७९०७:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend