बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विदेश जाने तयारीमा हुनुहुन्छ, यी ६५ कम्पनीमा नजानुहोस्

शनिबार, कात्तिक ६ २०७८
विदेश जाने तयारीमा हुनुहुन्छ, यी ६५ कम्पनीमा नजानुहोस्

काठमाडौं-  कोरोना संक्रमण न्यून भएपछि विदेश जाने युवाको संख्या बढ्न थालेको छ। २०७६ चैतदेखि वैदेशिक रोजगारीमा जोनको संख्यामा कमी आएको थियो। पछिल्लो २ महिनादेखि भने विदेश जाने युवाको संख्या विस्तारै बढ्दै छ।

वेरोजगार भएका युवाको रोजाइमा पनि अहिले विदेश नै परेको छ। नेपालबाट पछिल्लो समय रोजगारीका लागि मलेसिया तथा खाडीका देशमा जान युवाको संख्या बढी छ। भदौ महिनामा मात्रै नेपालबाट रोजगारीका लागि ३६ भन्दा बढी युवा रोजगारीका लागि विदेश पुगेका छन्।

यसरी विदेशमा पुगेका युवासँग श्रम शोषण गर्ने कम्पनीहरुलाई नेपाल सरकारले प्रतिबन्ध लगाउँदै आएको छ।वैदेशिक रोजगार विभागले अहिले मलेसिया लगायत खाडीका ६५ वटा कम्पनीमा नेपाली जान प्रतिबन्ध लगाएको छ।

प्रतिबन्धित कम्पनीले सम्झौता अनुसार कामदारलाई सेवा सुविधा नदिएको र कामदारलाई दुःख दिने गरेको विभागको भनाइ छ।
विभागले  मलेसियाको ५२ वटा कम्पनीमा नेपाली युवालाई जान प्रतिबन्ध लगाएको छ।

यसैगरी साउदी अरबको ५ वटा, कतारको ४ वटा, युएईको ३ वटा र माल्दिभ्सको १ वटा कम्पनी गरी ६५ वटा कम्पनीमा नेपाली युवालाई जान प्रतिबन्ध लगाएको छ।

यही हुन प्रतिबन्धित ६५ कम्पनी


प्रकाशित : शनिबार, कात्तिक ६ २०७८०८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend