बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसी एसिया बैंकद्वारा दुर्घटना बीमाबापतको १० लाख हस्तान्तरण

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २३ २०७९
एनआईसी एसिया बैंकद्वारा दुर्घटना बीमाबापतको १० लाख हस्तान्तरण

बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। 

काठमाडौं- एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमाबापतको १० लाख रकम उपलब्ध गराएको छ। 

बैंकको सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देहीको शुद्धोधन गाउँपालिकाका मृतक खरेलको खातामा उपलब्ध दुर्घटना बीमाबापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई हस्तान्तरण गरिएको बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए। 

बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। 

हालसम्म २०७९ जना ग्राहकहरुलाई बीमा दाबी गरेबापतको ७ करोड ८८ लाखभन्दा बढी रकम प्रदान गरिसकेको बैंकले जनाएको छ। जसमध्ये घातक रोग बीमाबापत २७ जनाले २ करोड ९० लाख, दुर्घटना बीमाबापत १३ जनाले १ करोड ३० लाख र मेडिकल बीमाबापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख रूपैयाँ बीमा रकम प्राप्त गरिसकेका छन्। 


प्रकाशित : मंगलबार, फागुन २३ २०७९१०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend