शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

इन्टरनेट सेवाप्रदायक क्लासिक टेकको आम्दानीमा झिनो वृद्धि, मार्जिन निरन्तर सुधार 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २१ २०७९
इन्टरनेट सेवाप्रदायक क्लासिक टेकको आम्दानीमा झिनो वृद्धि, मार्जिन निरन्तर सुधार 

तर कम्पनीले २०७६/७७ को तुलनामा २०७७/७८ मा भने आम्दानीमा फड्को मारेको थियो। सो वर्ष कम्पनीले ६८ करोडबाट बढाएर ८३ करोड पुर्‍याएको थियो। 

काठमाडौं- इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकको पछिल्ला २ वर्षदेखि आम्दानीमा सामान्य सुधार देखिएको छ। 

कम्पनीको आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा झिनो आम्दानी वृद्धि भएको छ। अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले सो वर्ष ८७ करोड रुपैयाँ आम्दानी गरेको थियो। त्योभन्दा अघिल्लो वर्ष कम्पनीले ८३ करोड आम्दानी गरेको थियो। 

तर कम्पनीले २०७६/७७ को तुलनामा २०७७/७८ मा भने आम्दानीमा फड्को मारेको थियो। सो वर्ष कम्पनीले ६८ करोडबाट बढाएर ८३ करोड पुर्‍याएको थियो। 

आम्दानीमा खासै वृद्धि नभएपनि कम्पनीको मुनाफा प्रतिशत भने तल झरेको छैन। पछिल्ला तीन वर्षमा कम्पनीको आम्दानीबाट हुने नाफाको प्रतिशत बढिरहेको छ। पछिल्ला तीन वर्षमा कम्पनीको मार्जन क्रमश: १५.८८, १६.७६ र १७.८७प्रतिशत रहेको छ। 

रिटेल इन्टरनेटको बजारमा प्रतिस्पर्धा बढेको र यही कारणले गर्दा वित्तीय जोखिममा वृद्धि भइरहेको क्रेडिट रेटिङ एजेन्सी इक्राइज नेपालले उल्लेख गरेको छ। यो कम्पनीका लागि अल्पकालीन ऋणका लागि एफोर  र दीर्घकालीन ऋणका लागि डबल बी रेटिङ दिइएको छ। 

 


प्रकाशित : आइतबार, फागुन २१ २०७९०३:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend