बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

उडानकै क्रममा तारा एयरको जहाजको ढोका खुलेपछि

शुक्रबार, फागुन १९ २०७९
उडानकै क्रममा तारा एयरको जहाजको ढोका खुलेपछि

काठमाडौं- नेपालगन्जबाट बाजुराको काेल्टी विमानस्थलका लागि उडान गरेको तारा एयरको जहाजको अवतरण गर्ने समयअगावै ढोका खुलेको छ। ढोका खुलेको जहाज सुरक्षित तवरबाट अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

जहाज बिहीबार दिउँसो १२:५१ बजे नेपालगन्जबाट उडेको थियो। बिहीबार दिउँसो कोल्टी विमानस्थलमा जहाजमा रहेका सबै यात्रु सकुशल नै अवतरण भएका थिए। जहाज अहिले काेल्टी विमानस्थलमा नै ग्राउन्डेड छ।

प्राधिकरणबाट प्राविधिक टोली गइसकेको र ढोका खुलेको विषयमा आज शुक्रबार अनुसन्धान हुने भएको छ।

यता तारा एयरले भने जहाज अवतरणपछि मात्र ढोका खुलेकाे दाबी गरेको छ।

नेपालगन्ज विमानस्थल प्रमुख सुरेश खनालले पनि जहाज अवतरण गर्ने बेला ढोका खुलेको काेल्टी विमानस्थलले जानकारी गराएको बताए।

जहाजमा बच्चा, बालकसहित १८ यात्रु र चालक दलका सदस्य तीनजना रहेका थिए।


प्रकाशित : शुक्रबार, फागुन १९ २०७९०४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend