बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री, १५ महिना वारेन्टी भएको एकमात्र ब्याट्री 

बुधबार, फागुन १७ २०७९
एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री, १५ महिना वारेन्टी भएको एकमात्र ब्याट्री 

कम्पनीको अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन्।  

काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालिले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ ई-रिक्सा ब्याट्रीको नेपाली बजारमा बिक्री सुरु गरेको छ। एक्साइड ब्राण्डको ई-रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री भएको कम्पनीले जनाएको छ। 

विश्व प्रसिद्ध एक्साइड ब्राण्डको ई-रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकाले सिधा जडान गर्न सकिने छ। साथै विशेष अलोइ प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन्।  

यसैगरी, यिनीहरुमा ‘रगेड ट्युवलर पोजिटिभ प्लेट’को विशेषता भएकाले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्दछ। आफ्नो उत्कृष्ट रसायनिक एवं अन्य गुणहरुको कारण यो नयाँ उत्पादनले छोटो समयमै ग्राहकहरुको मन जित्नेमा सिप्रदी ढुक्क छ।    

कम्पनीको अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन्।  


प्रकाशित : बुधबार, फागुन १७ २०७९१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend