शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

हिमालय ट्राभल मार्टको चौँथो संस्करण काठमाडौंमा आयोजना हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १७ २०७९
images
हिमालय ट्राभल मार्टको चौँथो संस्करण काठमाडौंमा आयोजना हुने
images
images

काठमाडौं- हिमालय ट्राभल मार्टको चौँथो संस्करण काठमाडौंमा आयोजना हुने भएको छ। 

images
images
images

नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम लगायतको सहकार्यमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालले जुन ६ देखि ९ गतेसम्म हिमालय ट्राभल मार्टको चौँथो संस्करण काठमाडौंमा आयोजना गर्न लागेको हाे।

images
images

सन् २०१७ देखि २०१९ सम्म वार्षिक रुपमा हिमालयन ट्राभल मार्ट आयोजना हुँदै आएको हिमालय ट्राभल मार्ट कोभिड-१९ महामारीका कारण सन २०१९ पश्चात आयोजना हुन सकेको थिएन।

images
images

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले हिमालयन ट्राभल मार्ट २०२३ मा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई मार्टमा सहभागी भई पर्यटन व्यवसाय तथा नेपाललाई महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा सहयोग गर्न आग्रह गरे। 'कोभिडले विश्वव्यापीरुपमा यात्रा र पर्यटन उद्योगमा नराम्रो असर पारेको छ', उनले भने, 'पर्यटन क्षेत्र क्रमशः लयमै फर्किरहँदा हिमालयन ट्राभल मार्टको आयोजनाले नेपाल लगायत समग्र हिमालयन क्षेत्रकै पर्यटन पुनरुत्थान र प्रवर्द्धन पहलहरूलाई  सहयोग पुर्‍याउने तथा महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिएका छाैँ।'

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय सुधन किरातीले हिमालयन ट्राभल मार्ट २०२३ मा सहभागी भई नेपा ले प्रदान गर्ने जीवन्त अनुभवहरुको अनुभूति लिन तथा कोभिड पछिको पर्यटन पुनरुत्थानमा आवश्यक साथ, सहयोग र सहकार्यका लागि आह्यवान गरे।

'सुरक्षित पर्यटन गतव्य भएको कुरा बोकेर हाम्रा पाहुनाहरुको विश्वास र मन जित्दै नेपाललाई सर्वोत्कृष्ट एवं सुरक्षित गन्तव्यको रुपमा स्थापित गर्ने दृढताका साथ हामी अब पर्यटनको भविष्यको पुनर्निर्माण गर्न दत्तचित्त भएर लागिपरेका छौँ’, उनले भने।

देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्टमा नेपाल, भारत, पाकिस्थान, चीन (तिब्बत), भुटान र म्यानमारजस्ता हिमालयन राष्ट्रहरुबाट बिक्रेताहरुको सहभागीता रहनेछ। यस्तै यूरोप, अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याड, एसिया, सिआईएस राष्ट्रहरु, एसिया र अरब राष्ट्रका विश्वव्यापी क्रेताहरु पनि आउने आयोजकले जनाएको छ।


प्रकाशित : बुधबार, फागुन १७ २०७९०६:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend