शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

धेरै मुलुकमा नेटफ्लिक्स लोकप्रिय, नेपालमा कुन?

बुधबार, फागुन १७ २०७९
धेरै मुलुकमा नेटफ्लिक्स लोकप्रिय, नेपालमा कुन?

त्यस्तै एप्पलको एपस्टोरमा नेटफ्लिक्स लोकप्रिय रहेको छ। त्यसपछि क्रमश: डिज्नीप्लस, एचबीओ, अमेजनप्राइम र स्टारप्लस रहेका छन्। 

काठमाडौं- पछिल्लो समय संसारभर भिडियो स्ट्रिमिङ सेवा लोकप्रिय हुँदै गरेको छ। मनोरञ्जन माध्यमका रुपमा भिडियो स्ट्रिमिङ सेवा करिब संसारभर फैलिएको छ। 

यस्तो सेवा दिने माध्यमहरूको आम्दानी तथा सञ्जाल पनि निरन्तर विस्तार भइरहेको छ। मुख्यगरि अहिले नेटफ्लिक्स, अमेजन प्राइम, एचबीओ, एप्पल टीभी  लोकप्रियमा पर्छन्।

यस्ता सेवा दिने कम्पनीहरूले अझै सुलभ बनाउँदै गएका छन्। इन्टरनेमा भएको विकास तथा डिभाइसको पहुँच विस्तारले संसारभर युवाहरूको रोजाइमा भिडियो स्ट्रिमिङ परिरहेको छ। 

फ्लिक्सप्याट्रोलको तथ्यांक अनुसार संसारक धेरै देशमा नेटफ्लिक्स लोकप्रिय रहेको छ। संसारका ७८ देशमा नेटफ्लिक्सका ग्राहक धेरै रहेका छन्। सयुक्त अधिराज्य, ब्राजिल, जर्मनी, फ्रान्सजस्ता देशमा नेटफ्लिक्सका ग्राहक धेरै रहेका छन्। 

यो तथ्यांक अनुसार नेटफ्लिक्सपछि क्यानल प्लस १७ देशमा धेरै लोकप्रिय रहेकव छ भने पाँच मुलुकमा अमेजन प्राइम लोकप्रिय छ। 

यो तथ्यांक अनुसार नेपालमा भने नेटफ्लिक्स लोकप्रिय रहेको देखिएको छ। नेपालमा भुक्तानी प्रणाली सहज नभएपनि यस्ता स्ट्रिमिङ सेवा लिनेहरूको संख्या उल्लेखनीय रहेको छ। नेपालमा यस्तो स्ट्रिमिङ भएपनि विदेशबाटै भुक्तानी गरिएको हुन्छ। 

भारतमा भने अमेजन र नेटफ्लिक्सभन्दा डिज्नीप्लस लोकप्रिय रहेको छ। 

विश्वबजारमा स्ट्रिमिङ सेवाका एप्लिकेशनमा प्ल्याटफर्म अनुसार लोकप्रियता फरक रहेको छ। गुगलको एन्ड्रोइड प्लेस्टोरमा डिज्नीप्लस लोकप्रिय रहेको छ। दोस्रोमा नेटफ्लिक्स, त्यसपछि क्रमश: एचबीओ, प्लुटो र अमेजन प्राइम ट्रेन्डिङ रहेका छन्। 

त्यस्तै एप्पलको एपस्टोरमा नेटफ्लिक्स लोकप्रिय रहेको छ। त्यसपछि क्रमश: डिज्नीप्लस, एचबीओ, अमेजनप्राइम र स्टारप्लस रहेका छन्। 

फ्लिक्सप्याट्रोलको तथ्यांक अनुसार सन् २०२२ को अन्तिमसम्म सबैभन्दा धेरै ग्राहक नेटफ्लिक्सका रहेका छन्। यो तथ्यांक अनुसार नेटफ्लिक्सका २३ करोड ग्राहक छन् भने अमेजन प्राइमका २० करोड छन्। तेस्रोमा डिज्नीप्लसका १६ करोड १८ लाख छन्। चिनियाँ स्ट्रिमिङ सेवा टेन्सेन्ट भिडियोका १२ करोड ४० लाख ग्राहक छन्। 


प्रकाशित : बुधबार, फागुन १७ २०७९०४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend