शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एलन मस्कले बनाउँदैछन् 'च्याट जीपीटी'को प्रतिस्पर्धी

बुधबार, फागुन १७ २०७९
एलन मस्कले बनाउँदैछन् 'च्याट जीपीटी'को प्रतिस्पर्धी

काठमाडौं- ओपन एआईलाई प्रतिस्पर्धा दिनेगरी एलन मस्कले आर्टिफिसियल बोट सेवा सुरु गर्ने तयारी गरेका छन्। च्याट जीपीटीको विकल्पका रुपमा सोचिएको बोट विकास गर्न नयाँ प्रयोगशालामा काम सुरु गरिएको बताइएको छ। त्यसका लागि मस्कले शोधकर्ताहरूसँग काम गरिरहेका छन्। 

अहिले विश्वका धेरै देशमा प्रख्यात भइरहेको च्याट जीपीटीले भन्दा भिन्न रुपमा विकल्प दिने तयारीमा टेस्ला र ट्वीटरका प्रमुख मस्क लागिरहेका हुन्। केही समयअघि अल्फाबेटको एआई युनिट छाडेका इगो बाबुस्किनलाई मस्कले आफ्नो समूहमा सामेल गरिसकेका छन्। 

आर्टिफिसियल इन्टेलिजेन्समा काम गरिरहेका अन्य कम्पनीहरूले पनि यसतर्फ खोजहरू गरिरहेकै छन्। केही समयअघि चिनियाँ सर्च इन्जिन बैदुले पनि च्याट जीपीटीको जस्तै आर्टिफिसियल बोट सेवा ल्याउने जनाएको थियो। च्याट जीपीटीले कम्प्युटर कोडसम्म बताउने काम गर्न थालिसक्दा अन्य कम्पनीहरू पनि त्यसतर्फ लागेको रोयटर्सले जनाएको छ। 

मस्कले यसअघि पनि सिलिकन भ्यालीका लगानीकर्ता साम अल्टम्यानसँग मिलेर २०१५ मा ओपन एआईमा स्टार्टअप सुरु गरेका थिए। २०१८ मा मस्कले उक्त बोर्ड छाडेका थिए। त्यसबेला ओपन एआईले बनाउने बोटका बारेमा सुरुवाती कुराकानी मात्र भएको कुनै ठोस काम नभएको संलग्न अन्यले बताएका छन्। 

अर्नाल्टलाई उछिन्दै एलन मस्क फेरि बने विश्वकै धनी अर्नाल्टलाई उछिन्दै एलन मस्क फेरि बने विश्वकै धनी


प्रकाशित : बुधबार, फागुन १७ २०७९०४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend