शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सबै सरकारी निकायको डेटा अब जीआईडीसीमा राखिने, चौबीसै घण्टा प्राविधिक निगरानी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १६ २०७९
सबै सरकारी निकायको डेटा अब जीआईडीसीमा राखिने, चौबीसै घण्टा प्राविधिक निगरानी

यही कारणले प्रत्यक्ष जनसेवासँग जोडिएका वेबसाइटमा समस्या आउँदा भद्रगोल हुँदै आएको छ। पछिल्लो समय विमानस्थलमा यस्तै समस्या आउँदा घण्टौँ सेवा प्रभावित भएको थियो। 

काठमाडौं- सरकारले सरकारी डेटा सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राय सबै संवेदनशील डेटा भण्डारण भइरहेको सरकारी डेटा सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने निर्णय गरेको हो। निर्णयअनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रले व्यवस्थापन तथा सञ्चालन गरिरहेको काठमाडौंमा रहेको सरकारी एकीकृत डेटा केन्द्र र हेटौँडामा रहेको रिकभरी सेन्टरलाई चौबीसै घण्टा सञ्चालन गरिने छ। 

सबै सरकारी निकायका डेटा भण्डारण सरकारी सेन्टरमै गर्ने र यी सेन्टरको रियलटाइम निगरानी गर्ने व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ। यसअघि यस्तो व्यवस्था नहुँदा सर्भरमा समस्या आउँदा रिपोर्टिङ भएपछि मात्र केन्द्रले थाहा पाउने र समस्या समाधानका लाग जुट्ने गरेको थियो। 

यही कारणले प्रत्यक्ष जनसेवासँग जोडिएका वेबसाइटमा समस्या आउँदा भद्रगोल हुँदै आएको छ। पछिल्लो समय विमानस्थलमा यस्तै समस्या आउँदा घण्टौं सेवा प्रभावित भएको थियो। यी डेटा सेन्टरको रियलटाइम निगरानीका लागि नेटवर्किङ र साइबर सुरक्षासम्बन्धी प्राविधिकको व्यवस्था मिलाउने निर्णय पनि सरकारले गरेको छ। 

सरकारले आफ्ना सूचना प्रविधि प्रणालीलाई सुरक्षित, विश्वासनीय, मितव्ययी र भरपर्दोरूपले सञ्चालन गर्नका लागि काठमाडौंको सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सरकारी एकीकृत डाटा सेन्टर  र हेटौडामा रिकभरी सेन्टर सञ्चालनमा ल्याएको छ। राष्ट्रिय सूचना प्रविधिक केन्द्रले हाल ललितपुरको खुमलटारमा डेटा/इन्टरनेट एक्सचेन्ज सेन्टर, बाँकेको कोहलपुरमा डेटा सेन्टर भवन निर्माण गरिरहेको छ। 


प्रकाशित : मंगलबार, फागुन १६ २०७९११:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend