शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

गड्डाचौकीबाट ६ महिनामा सात करोडको तरकारी आयात

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १६ २०७९
गड्डाचौकीबाट ६ महिनामा सात करोडको तरकारी आयात

चालु आर्थिक वर्षको हालसम्म ८० करोड रूपैयाँको सामान आयात भएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विकले जानकारी दिए। कुल ६ महिनामा तीन हजार ४७ मेट्रिक टन तरकारी भारतबाट आयात भएको भन्सारको तथ्यांकले देखाएको छ।

महेन्द्रनगर- कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ महिनामा सात करोड रूपैयाँभन्दा बढीको तरकारी आयात भएको छ।

कञ्चनपुरका बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम रोकिएको छैन। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउनदेखि गत पुससम्म यहाँबाट सात करोड ६५ लाख ४४ हजारको तरकारी आयात गरिएको छ।

कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विकले चालु आर्थिक वर्षको हालसम्म ८० करोड रूपैयाँको सामान आयात भएको जानकारी दिए। ‘गत वर्ष एक अर्ब १२ करोडको सामान यहाँबाट भित्रिएको थियो’, उनले भने, ‘अहिले आयात घटेको अवस्था छ।’ भन्सार कार्यालयका अनुसार यहाँबाट आलु, प्याज, गोलभेडा, काउली, मुला, गाजर लगायतका तरकारी आयात हुने गरेको छ। 

कुल ६ महिनामा तीन हजार ४७ मेट्रिक टन तरकारी भारतबाट आयात भएको भन्सारको तथ्यांकले देखाएको छ। त्यसैगरी भन्सारबाट तीन करोड ३० लाख रूपैयाँको दाल भारतबाट भित्रिएको छ। यहाँबाट मसुर, मास, मटर, चना लगायतको दाल आयात भएको छ। कञ्चनपुर भन्सार कार्यालयका कम्प्युटर अपरेटर भुषण गिरीले यहाँबाट चालु आर्थिक वर्षको ६ महिनामा तीन करोड ६८ लाख रूपैयाँको फलफूल गड्डाचौकीबाट भित्रिएको छ। गिरीका अनुसार यहाँबाट सबैभन्दा बढी केरा, मेवा, अङ्गुर, स्याउ, सुन्तला र अनार लगायतको फलफुल भारतबाट आयात हुँदै आएको छ।

त्यसैगरी भारतबाट चामल, दाल लगायतका खाद्यान्नसमेत आयात हुने गर्छ। यहाँबाट एक करोड ७८ लाख रूपैयाँबराबरको उक्त खाद्य सामग्री भित्रिएको छ। कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले भारतबाट तरकारी आयात घटेको बताए। ‘स्थानीय उत्पादनका कुनै समस्या देखिएन भने आयात घट्छ’, अध्यक्ष सोनारले भने, ‘उत्पादन बढ्दा आयातमा कमी आउँछ।’

स्वदेशमै तरकारी खेती बढिरेहको भए पनि व्यावसायिक रुपमा आवद्ध किसानलाई सरकारले अनुदान सहयोग बढाउनुपर्ने बताए। ‘दश/पन्ध्र वर्ष पहिले तरकारीमा हामी ८० प्रतिशत आश्रित थियौँ’, उनले भने, ‘अहिले दश/पन्ध प्रतिशत मात्रै आयात हुन्छ की भन्ने छ।’ रासस


प्रकाशित : मंगलबार, फागुन १६ २०७९०९:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend