बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निर्माण सुस्त हुँदा जेसीबी उपकरण बिक्री गर्ने कम्पनी एमएडब्लू अर्थमुभर्सको आम्दानी घट्यो

मंगलबार, फागुन १६ २०७९
निर्माण सुस्त हुँदा जेसीबी उपकरण बिक्री गर्ने कम्पनी एमएडब्लू अर्थमुभर्सको आम्दानी घट्यो

सरकारी पुँजीगत खर्च खुम्चिएको, सरकारी खर्चसँगै निजी निर्माण गतिविधि पनि सुस्त हुँदा कम्पनीको आम्दानी घटेको हो। 

काठमाडौं- पछिल्लो १५ महिनादेखि निर्माण क्षेत्रमा देखिएको मन्दीको असर सम्बन्धित उद्योग तथा व्यापारको ब्यालेन्ससिटमा देखिएको छ। निर्माणसँग सम्बन्धित अधिकांश उद्योगको आम्दानी घटेको छ। 

नेपाली बजारमा निर्माण उपकरणमा अधिपत्य स्थापित गरिरहेको जेसीबीको ब्यापार पनि गएको वर्ष घटेको छ। कोरोना महामारी सुरु भएदेखि एक वर्षबाहेक यसको ब्यापार ओरालो लागेको छ। नेपालका लागि जेसीबी निर्माण उपकरणको आधिकारिक वितरण एमएडब्लू अर्थमुभर्सको आम्दानी अघिल्लो वर्षको तुलनामा गत वर्ष घटेको छ। 

यो कम्पनीको महामारी पहिलेको वर्ष एक वर्षमा ७ अर्ब २६ करोड आम्दानी गरेको थियो। त्यसपछि महामारी सुरु भएको वर्ष कम्पनीको आम्दानी एकैपटक ४ अर्ब ६२ करोडमा सीमित भएको थियो। त्यसपछिको वर्ष ५ अर्ब ६९ करोड आम्दानी पुगेपनि गत वर्ष फेरि खुम्चिएर ५ अर्ब ३३ करोडमा सीमित भएको छ। 

सरकारी पुँजीगत खर्च खुम्चिएको, सरकारी खर्चसँगै निजी निर्माण गतिविधि पनि सुस्त हुँदा लकम्पनीको आम्दानी घटेको हो। 

कुनै पनि संस्थाको व्यवसायले निश्चित समयमा गर्ने आम्दानी, त्यस्तो सेवा सञ्चालन लाग्ने खर्च कटौती गरेर निस्केन रकम कति छ? भन्ने कुराले त्यसको सञ्चालन कत्तिको किफायति छ भन्ने कुरा देखाउँछ। कर, ह्रासकट्टी लगायतका खर्च कटौतीपूर्वको यस्तो नाफामा भने यो कम्पनीको अवस्था सुधारोन्मुख देखिएको छ। अघिल्लो वर्ष कूल आम्दानीको ५.८ प्रतिशत सञ्चालन मुनाफा गर्न सफल भएकोमा गएको वर्ष ६.३ प्रतिशत पुर्‍याएको छ। महामारीपूर्वको अवस्थामा कम्पनीको यस्तो मार्जिन ८.४ प्रतिशत थियो। 

मार्जिनमा झिनो सुधार भएपछि पछिल्लो सम बढेको वित्तीय लागतको ऋणको बोझ भने बढेको छ। कम्पनीले सञ्चालन मुनाफाको तुलनामा कति ऋण लिएको छ भनेर निकालिने अनुपात कम्पनीको ३.७ रहेको छ। यस्तो अनुपात जति न्यून हुन्छ त्यति नै आम्दानीबाट ऋण तिर्ने सहज अवस्था हुन्छ। कम्पनीकव कोरोना महामारीपूर्वको वर्षमा १.७ गुणा थियो त्यसपछिका वर्षमा बढ्दै गएर यो ३ गुणाभन्दा धेरै भएको छ। 


प्रकाशित : मंगलबार, फागुन १६ २०७९०५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend