आइतबार, जेठ ६ गते २०८१    
images
images

सोमानीसँगको साझेदारीमा नेपालमै सेरामिक्स प्लान्ट स्थापना गर्दै मुरारका समूह, २ अर्ब लगानी हुने

images
सोमबार, फागुन १५ २०७९
images
images
सोमानीसँगको साझेदारीमा नेपालमै सेरामिक्स प्लान्ट स्थापना गर्दै मुरारका समूह, २ अर्ब लगानी हुने
images
images

काठमाडौं- नेपालको व्यावसायिक घराना मुरारका समूहले नेपालमा सेरामिक्स काराखाना खोल्ने भएको छ। 

images
images
images

यो समूहले चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड सोमानीसँगको साझेदारीमा नेपालमै सेरामिक्स उत्पादन गर्नेगरी उद्योग सुरू गर्ने भएको छ। यससम्बन्धी सम्झौतामा दुई पक्षबीच आज सोमबार हस्ताक्षर भएको छ। 

images

नेपालमा पहिलो चरणमा २ अर्ब लगानीमा उद्योग स्थापना हुने छ। भैहवामा स्थापना हुने उद्योगबाट करिब ३ मिलियन स्क्वायर मिटर वार्षिक क्षमताको टायल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्नेगरी सहकार्य हुने भएको हो। 

images
images

भारतका विभिन्न प्रदेशमा सातवटा प्लान्ट भएको सोमानीले नेपालमा मुरारका समूहसँगको साझेदारीमा उद्योग खोल्ने भएको हो। 

images
images

यो उद्योग एक्लैले नेपाली बजारमा हुने मागको ३३ प्रतिशत भारबहन गर्नसक्ने मुरारका समूहका पशुपति मुरारकाले जानकारी दिए। 

नेपालमा अहिले भारतबाटै आयात भइरहेको छ। नेपालमै उत्पादन बढाएर आयात प्रतिस्थापनमा पनि सहयोग पुग्ने उनको भनाइ छ। 

'बजारमा केही पनि उत्साह नभएको समयमा हामीले यो नयाँ भेन्चर सुरु गर्न लागेका छौँ। यसको प्रतिफल भविष्यमा राम्रै आउनेछ' उनले भने। 

सोमानी सेरामिक्स भारतीय कम्पनी हो। यो कम्पनीले विभिन्न सेरामिक्स उत्पादन गर्दै आइरहेको छ। 

विश्वभर उत्पादन पुर्‍याइरहेको र नेपालमा हुने उत्पादनबाट आफूहरू अझै प्रसन्न हुने सोमानि सेरामिक्सका प्रबन्ध निर्देशक अभिषेक सोमानीले बताए। 

'नेपालको प्रतिष्ठित व्यवसायिक घराना मुरारका ग्रुपसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ। सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ र यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउने कुरामा हामी विश्वस्त छौँ' उनले भने।


प्रकाशित : सोमबार, फागुन १५ २०७९१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend