शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नोकियाले ६० वर्षपछि परिवर्तन गर्‍यो लोगो

सोमबार, फागुन १५ २०७९
नोकियाले ६० वर्षपछि परिवर्तन गर्‍यो लोगो

काठमाडौं- नोकियाले झण्डै ६० वर्षपछि आफ्नो ब्रान्डको परिचय दिने लोगो परिवर्तन गर्ने भएको छ। आक्रामक व्यापार विस्तारको रणनीति बनाइरहेको नोकियाले नयाँ लोगोमा अघि बढ्ने जनाएको हो।

'एन', 'ओ', 'के', 'आई', 'ए' अंग्रेजीका पाँच अक्षरलाई भिन्न रुपमा लेखेर नयाँ लोगो बनाइएको छ। पुरानो निलो रंगको प्रयोगलाई घटाएर लोगोमा अन्य नयाँ रंगहरूलाई प्रधान महत्व दिइएको देखिन्छ। 

रोयटर्सका अनुसार नोकियाका प्रमुख कार्यकारी पेका लन्डमार्कले आफूहरूको व्यापारको शैली फेरिएसँगै लोगोमा परिवर्तन गरेको जनाएका छन्। पहिले फोनमा विशेष ध्यान दिइए पनि अहिले भने बिजनेस टेक्नोलोजीमा काम गरिरहेको उनले बताएका छन्। 

झण्डै मृत भइसकेको नोकिया कम्पनीमा सन् २०२० मा प्रमुख कार्यकारी भएसँगै पुनस्थापना, गति र स्तरीय परिमाणलाई ध्यानमा राखेर काम गर्ने लन्डमार्कले बताउँदै आएका छन्।

आफूहरूले सुधारका कामहरूलाई ध्यान दिइरहेको उनले बताएका छन्। अहिले मुख्यगरी अन्य टेलिकम कम्पनीहरूलाई उपकरणहरू बेच्ने काममा नोकियाले ध्यान दिइरहेको छ। 

माइक्रोसफ्ट र एमेजन जस्ता कम्पनीहरूसँग प्रतिस्पर्धी रुपमा अघि बढ्ने योजना बनाइरहेको नोकियाले अहिले आफ्नो लोगोमा गरेको परिमार्जनसँगै ब्यापारमा पनि थप काम गरिरहेको छ। 


प्रकाशित : सोमबार, फागुन १५ २०७९०७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend