शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले ढोरपाटनमा बाँडियो उन्नत जातको बाख्रा र बोका

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १५ २०७९
मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले ढोरपाटनमा बाँडियो उन्नत जातको बाख्रा र बोका

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले कृषकको जीवनस्तर उकास्नका लागि आधुनिक प्रविधिसँग जोड्न थालेको बताए।

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण गरेको छ। नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षहरुदेखि कृषकलाई अनुदानमा बाख्रा वितरण गर्दै आएको छ। 

चालुक आर्थिक वर्ष संघीय सरकारको ससर्त अनुदान बजेटबाट यहाँका २०  कृषकलाई उन्नत जातका बोक तथा बाख्रा वितरण गरेको ढोरपाटन नगरपालिकाका पशु शाखा प्रमुख तेजमाया खड्काले जानकारी दिइन्। नगरपालिकाले अनुदानमा बोका तथा बाख्रा वितरणका लागि सूचना आह्वान गरेको निवेदन पेस गरेका कृषकलाई छनोट गरी वितरण गरिएको उनको भनाइ छ।

नगरपालिकाको ७५ प्रतिशत अनुदानमा कृषकलाई बाख्रा वितरण गरिएको उनले बताइन्। २३ जनाको निवेदन आरेकोमा १५ जनाले बाख्रा तथा बोका पाएका छन्। जमुना पारी जातको छ बाख्रा, तीन बोका, बोयर जातका छ बोका र नौ बाख्रा कृषकलाई वितरण गरेको उनको भनाइ छ। 

प्रमुख खड्का भन्छिन्, 'यहाँका कृषकलाई नगरपालिकाले अघिल्लो वर्ष पनि अनुदानमा बाख्रा वितरण गरेको थियो, यसलाई निरन्तर दिइराखेका छौँ, योसँगै कृषकलाई खोप, तालिम तथा परामर्श पनि दिइराखेका छौँ, यहाँ धेर व्यावसायिकरुपमा पशुपालनमा पनि लाग्नुभएको छ, उहाँहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर काम गर्ने प्रयास गरेका छौँ।'

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले कृषकको जीवनस्तर उकास्नका लागि आधुनिक प्रविधिसँग जोड्न थालेको बताए। उनले ढोरपाटन क्षेत्र पशुपालनका लागि निकै उपयुक्त ठाउँ रहेको जनाउँदै कृषकलाई प्रशिक्षित बनाउने, अनुदानको व्यवस्था गर्ने र उत्पादनसँग जोड्ने गरी योजना बनाएको जानकारी दिए।

'हामीहरुले तरकारी तथा फलफूल खेती गर्ने कृषकलाई टनेल वितरण गर्‍यो, धेरैले सदुपयोग गर्नुभयो', 'केहीले दुरुपयोग गर्नुभयो, यहाँ थुप्रै खाली जग्गा छन्', 'स्थानीयलाई परिचालन गरी यी जग्गालाई उत्पादनसँग जोड्ने', उनले भने, 'कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गर्न एउटा खाका तयार पारेका छौँ, दूध, मासु र अण्डामा ढोरपाटनलाई आत्मनिर्भर बनाउन जोड दिएका छौँ।'

उपप्रमुख कायतले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि पश्चिम बागलुङका स्थानीय तह एकजुट हुनुपर्नेमा जोड दिए। आयातित कृषिउपज वस्तुका कारण स्थानीय उत्पादनले बजार पाउन नसकेको बताए। रासस


प्रकाशित : सोमबार, फागुन १५ २०७९०६:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend