बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मेयर बालेनले भने- मलाई राजीनामा दिन दबाब आयो

शनिबार, फागुन १३ २०७९
मेयर बालेनले भने- मलाई राजीनामा दिन दबाब आयो

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई राजीनामा गर्न दबाब आएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले आफूलाई राजीनामा दिन दबाब आएको बताएका हुन्। उनले यो देश कहिल्यै बन्दैन भनेर निराशासमेत स्टाटसमार्फत व्यक्त गरेका छन्।

कसले किन राजीनामा दिन दबाब दिएको हो भन्ने विषय भने उल्लेख गरेका छैनन्।

गत बैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर उनले ठूला पार्टीका उम्मेदवारलाई पराजित गरेका थिए।

अतिक्रमित सार्वजनिक संरचना हटाउन, सडक विस्तार, सुकुम्बासी बस्ती हटाउने तथा पार्किङ व्यवस्थित गर्नका लागि बलपूर्वक काम गरिरहँदा विरोधका स्वरहरू उनीविरुद्ध सुनिने गरेको छ।

balen.JPG


प्रकाशित : शनिबार, फागुन १३ २०७९०९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend