शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

१८६ रुपैयाँले बढ्यो गहुँको न्यूनतम समर्थन मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १२ २०७९
१८६ रुपैयाँले बढ्यो गहुँको  न्यूनतम समर्थन मूल्य

गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आवको गहुँको समर्थन मूल्य प्रतिक्विन्टल १८६ रुपैयाँले बढेको हो। 

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०७९/८० को लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु आवका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ३ सय ५१ तोक्ने निर्णय गरेको हो। 

गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आवको गहुँको समर्थन मूल्य प्रतिक्विन्टल १८६ रुपैयाँले बढेको हो। 

गत आवमा गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार एक सय ६५ तोकिएको थियो। 

प्रकाशित : शुक्रबार, फागुन १२ २०७९११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend