शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नेटफ्लिक्सले ३० बढी देशमा घटायो सदस्यता शुल्क 

शुक्रबार, फागुन १२ २०७९
नेटफ्लिक्सले ३० बढी देशमा घटायो सदस्यता शुल्क 

भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले ३० भन्दा बढी देशहरुमा आफ्नो सदस्यता शुल्क घटाएको छ। 

काठमाडौं- भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले ३० भन्दा बढी देशहरूमा आफ्नो सदस्यता शुल्क घटाएको छ। 

बढ्दो मुद्रास्फीति र बजारमा बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेटफ्लिक्सले मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड, फिलिपिन्स, क्रोएसिया, भेनेजुएला, इक्वेडर, केन्या, इरान, स्लोभेनिया लगायत ३० बढी देशमा सदस्यता शुल्क घटाउने निर्णय गरेको हो।

‘यो नेटफ्लिक्सको लागि मात्र होइन, फराकिलो स्ट्रिमिङ उद्योगको लागि हालको प्रवृत्तिको विरुद्धमा जान्छ,’ यूबीएस ग्रुप एजीका मिडिया र मनोरञ्जन विश्लेषक जोन होडुलिकले भने, ‘प्रतिशतको आधारमा यी केही कटौतीहरू पर्याप्त छन्।’

१९० देशमा सञ्चालित नेटफ्लिक्सको अमेजन, एचबीओ एण्ड डीज्नी, सोनीजस्ता स्ट्रिमिङ प्लेटफर्म ठूला प्रतिद्वन्द्वी हुन्। 


प्रकाशित : शुक्रबार, फागुन १२ २०७९०९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend