शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

आईपीएल २०२३ : प्रविधि र शैलीले फेरिँदै खेल प्रसारण

४० करोडदेखि ६ अर्ब ७० करोड भारूको टाइटल स्पोन्सरसम्म

images
शनिबार, फागुन १३ २०७९
images
आईपीएल २०२३ : प्रविधि र शैलीले फेरिँदै खेल प्रसारण
images
images

काठमाडौं- विश्वमा सर्वाधिक दर्शकले हेर्ने क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२३ संस्करण खेलको उत्साहबाहेक पनि प्रविधिको प्रयोगमा नयाँ शैलीको प्रसारणले थप रोमाञ्चक हुने देखिएको छ। 

images
images
images

अहमदाबादमा आउँदो मार्च ३१ मा यसअघिको विजेता टिम गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सको खेलमार्फत १६ ‍औँ संस्करणको आईपीएल सुरु हुनेछ। 

images
images

टाटा ग्रुपको स्पोन्सर रहने प्रतियोगिताका खेलहरूको डिजिटल अधिकार मुकेश अम्बानीको भायाकम १८ ले २.७ बिलियन डलरमा लिएको छ। टेलिभिजनमा स्टार स्पोर्ट्स नेटवर्कमार्फत हुने प्रत्यक्ष प्रसारण पहिले भन्दा भिन्न देखाउने तयारी भएको छ। रिलायन्स जियोले समेत 'जियो सिनेमा'मार्फत सित्तैमा 'अल्ट्रा एचडी क्वालिटी'मा प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। 

images
images

यसअघि डिज्नी हटस्टारमार्फत हुने प्रसारण निश्चित रकम तिरेर सब्सक्रिप्सन लिएकाले मात्रै हेर्न पाउनेमा अब मोबाइलमा नै जियो सिनेमामार्फत स्तरीय प्रसारण सित्तैमा हुन लागेको हो। ३६० डिग्री इमर्सिभ बटनसहित प्रयोगकर्ताले आफैले 'मल्टिपल क्यामरा एंगल' छनोट गर्नसमेत सक्नेछन्। स्पाइडर क्यामरा भ्यू, ब्याट्सम्यान भ्यू, बर्ड आई भ्यू, विकेटकिपर भ्यू जस्ता एंगलहरू दर्शकले छान्न सक्नेछन्।

खेल तथ्यांक र 'पिच हिट म्याप' जस्ता विषय दर्शकले मोबाइलमा ने हेर्न पाउनेछन्। जियो सिनेमामा सित्तैमा खेल हेर्ने दर्शकहरूले इंग्लिस, तमिल, हिन्दी, तेलेगु, मराठी, गुजराती, बेंगाली र भोजपुरीलगायत १२ भाषा छनोट गरी कमेन्ट्री सुन्न सक्नेछन्। जसमार्फत स्तरीय प्रसारण, आरामदायी सुविधासहित मनोरञ्जन र खेल भावनालाई ध्यानमा राखिने बताइएको छ। 

जियो सिनेमाले खेल हेरिरहेका दर्शकलाई कमेन्टेटर्ससँग प्रत्यक्ष च्याट गर्ने सुविधासमेत उपलब्ध गराउने जनाएको छ। तर च्याट गर्ने सुविधा भने पोर्ट्रेट मोडमा मात्र हुनेछ। खेल चलिरहेकै बेला दर्शकको धारणा जान्न विभिन्न 'पोल्स' सञ्चालन हुनेछ, जसमा दर्शकले अप्सन छनोट गरी भोट गर्न सक्नेछन्। 

खेलमा भइरहेका महत्वपूर्ण विषयहरू नछुटोस भन्नका लागि हाइलाइट्स विषयहरू चलिरहने छन्। खेल भइरहेकै बेला दर्शकहरूले त्यहाँ सोधिएका प्रश्नको जवाफ दिएर उपहारहरू जित्नसमेत सक्नेछन्। थप रोमाञ्चकताका लागि मोबाइल डिभाइसलाई टेलिभिजन स्क्रिनमा समेत जोडेर हेर्न सकिनेछ।

नेपालमा हुने खेल प्रत्यक्षप्रसारण हेर्दा सामान्य सुविधाको पनि अभाव भोगिरहेका नेपाली दर्शकसम्म त्यस्तो प्रविधि आउने निश्चित नभए पनि टेलिभिजन पर्दामा नै पनि यसपटक आईपीएलले थप स्तरीय प्रसारणको तयारी गरिरहेको छ।  

४० करोडदेखि ६ अर्ब ७० करोडको टाइटल स्पोन्सरसम्म

सबैका लागि नाफाको व्यापार गर्न सफल आईपीएलमा सुरुदेखि नै टाइटल स्पोन्सरका लागि ठूला कम्पनीहरू लागि पर्ने गरेका छन्। खेलाडीका लागि आम्दानीको माध्यम, दर्शकका लागि मनोरञ्जनको माध्यम बनेको आईपीएलले व्यापारिक कम्पनीहरूलाई विज्ञापनको विशाल क्षेत्र प्रदान गर्दै आइरहेको छ। 

२००७ मा भारतले टी ट्वान्टी विश्वकप क्रिकेट जितेसँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले फ्रेन्चाइजमा आधारित रहेर आईपीएल क्रिकेट आयोजना गर्ने उद्‍घोष गरेको थियो। 

पहिलो संस्करणको आईपीएल २००८ देखि २०१२ सम्मका प्रतियोगिताका लागि बीसीसीआईले टाइटल स्पोन्सर डीएलएफलाई दिएको थियो। त्यतिबेला भारतमा ठूलो मध्येको रियल स्टेट फर्म डीएलएफले ४० करोड भारतीय रुपैयाँमा टाइटल स्पोन्सर लिएको थियो। 

डीएलएफपछि २०१३ देखि २०१५ सम्म आईपीएलको टाइटल स्पोन्सर बहुराष्ट्रिय कम्पनी पेप्सीले लियो। पेप्सीले पाँच वर्षका लागि सहमति गरेर ३ अर्ब ९६ करोड भारतीय रुपैयाँमा टाइटल स्पोन्सर लिएको भए पनि बीचमा प्रतियोगितामा स्पट फिक्सिङका घटनाहरू आएसँगै पेप्सीले हात झिकेको थियो। 

त्यसपछि चिनियाँ मोबाइल निर्माता कम्पनी भिभोले २०१६ र २०१७ का लागि १ अर्ब भारतीय रुपैयाँमा टाइटल स्पोन्सर लिएको थियो। २०१८ र २०१९ का लागि पनि भिभोले नै वार्षिक ४ अर्ब ४० करोड रुपैयाँमा सम्झौता गर्‍यो। उक्त सम्झौता खासमा पाँच वर्षका लागि भए पनि २०२० मा भारत र चीनबीच गल्वान भ्यालीमा भएको झगडापछि आईपीएल स्पोन्सर सम्झौता तोडिएको थियो। 

भिभोसँगको सम्झौता तोडिएसँगै २०२० को सिजन गेमिङ प्ल्याटफर्म 'ड्रिम ११' ले २ अर्ब २२ करोड भारतीय रुपैयाँमा टाइटल स्पोन्सर लिएको थियो। एक सिजन ड्रिम ११ ले लिएको स्पोन्सरसिप २०२१ मा पुन: भिभोले नै लियो। तर भिभोसँगको सम्बन्ध पुन: सुखद हुन नसक्दा २०२२ देखि भारतीय कम्पनी टाटा आईपीएल टाइटल स्पोन्सरमा आयो। 

टाटा ग्रुपले २०२२ मा बीसीसीआईसँग दुई वर्षका लागि आईपीएल टाइटल स्पोन्सरका लागि सम्झौता गरेको हो। जसका लागि ६ अर्ब ७० करोड रुपैयाँमा सम्झौता गरिएको थियो। टाइटल स्पोन्सरबाहेक नै पनि अरु दर्जनौँ कम्पनीहरू आईपीएलमा जोडिएका हुन्छन् जसले विश्वकै महँगो क्रिकेट प्रतियोगित सफल भइरहेको छ। 


प्रकाशित : शनिबार, फागुन १३ २०७९०६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend