बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आइएमई पे र कन्काई नगरपालिकाबीच समझदारी

शुक्रबार, फागुन १२ २०७९
आइएमई पे र कन्काई नगरपालिकाबीच समझदारी

काठमाडौं- आइएमई पे र कन्काई नगरपालिकाबीच समझदारी भएको छ। समझदारी अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटेशन कार्यक्रममा डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवर्द्धन आइएमई पे ले गर्नेछ।

नगरपालिकाले सबै सम्बद्ध ग्राहकहरूलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकहरूलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्ने सम्झौतामा उल्लेख छ।

भुक्तानी संयन्त्रको रूपमा सहभागिता जनाएको आइएमई पेले उक्त कार्यक्रममा ब्रान्ड प्रवद्र्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने सजिला अप्ठ्यारा विषयमा सचेतनामूलक कार्यक्रम संचालन गरेको थियो।


प्रकाशित : शुक्रबार, फागुन १२ २०७९०६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend