बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सकियो एसआई यूके शैक्षिक मेला, ६ सय बढी विद्यार्थीले लिए नि:शुल्क परामर्श

बुधबार, माघ १८ २०७९
सकियो एसआई यूके शैक्षिक मेला, ६ सय बढी विद्यार्थीले लिए नि:शुल्क परामर्श

काठमाडौं- एसआई यूके नेपालको आयोजनामा काठमाडौंमा आयोजित अन्तर्राष्ट्रियस्तरको शैक्षिक मेला सम्पन्न भएको छ।  

काठमाडौंको होटल अन्नपूर्णमा सम्पन्न शैक्षिक मेलामा ६ सयभन्दा बढी विद्यार्थीले नि:शुल्क परामर्श लिएका छन्। मेलामा करिब ६ सय ७७ विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको एसआई यूके नेपालका निर्देशक विनय अधिकारीले जानकारी दिए।

नेपाली विद्यार्थीलाई युकेमा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको एसआई युकेको तथ्यांकअनुसार सन् २०१८ मा ३२ हजार विद्यार्थी यूकेको विश्वविद्यालयमा भर्ना भएका थिए। युकेमा रोजागारीको सुविधा मिल्ने सम्भावना बढेकाले पनि त्यहाँ अध्ययन गर्न जाने विद्यार्थीको आर्कषण बढेको देखिन्छ।


प्रकाशित : बुधबार, माघ १८ २०७९०८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend