बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

काठमाडौं बाहिरको सबैभन्दा ठूलो होटल बन्दै मेची क्राउन

बिहीबार , फागुन ११ २०७९
काठमाडौं बाहिरको सबैभन्दा ठूलो होटल बन्दै मेची क्राउन

होटलको क्षमता विस्तारका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन गरिएको छ। 

काठमाडौं- झापाको मेचीनगरमा सञ्चालित होटल मेची क्राउनको क्षमता विस्तार हुने भएको छ। सुदूरपूर्वी सहरमा सञ्चालित होटलको क्षमता विस्तार हुने भएको छ। 

डिलक्स पाँचतारे होटलको मान्यता पाइसकेको मेचीक्राउनमा सुरुमा डेढ अर्ब लगानीमा निर्माण गरिएको थियो। अब लगानी थपेर क्षमता विस्तार हुने भएको छ। अहिलेको क्षमता तथा बजारको माग हेरेर पूर्वाधार विस्तारको योजना लगानीकर्ताहरूले गरेका छन्। 

सीमानाकानजिकै रहेको होटलमा रहेको क्यासिनो तथा भारतीय पर्यटकले भरिभराउ भएपछि वृहत विस्तारको योजना लगानीकर्ताहरूले अघि बढाएका छन्। 

होटलको क्षमता विस्तारका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन गरिएको छ। 
 
होटल मेची क्राउन २०७७ देखि सञ्चालनमा आएको हो। अहिल यो होटलमा  १०१ कोठा र  १८५ बेड रहेका छन्। अहिलेको क्षमताले माग धान्न कठिन भएको र भविष्यको बढ्दो मागको अनुमान गरेर लगानीकर्ताहरूले दोबर क्षमता विस्तार गर्न लागेका हुन्। 

अहिलेको तुलनामा दोबरभन्दा बढीको क्षमता विस्तार गर्ने योजना कम्पनीको छ। यो होटलमा १५० कोठा थप्ने योजना कम्पनीले अघि बढाएको छ। यी कोठा थपिएपछि ४८५ बेड हुनेछन्। थपिएपछि होटलमा कूल २५१ कोठा हुनेछन्। यो काठमाडौं बाहिरको सबैभन्दा ठूलो होटल हुनेछ। 

पुरक वातावरणीय प्रभाव मुल्यांकन रिपोर्ट साय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ। होटलमा  स्पा, साउना, स्विमिङ्ग पुल, जिम हल, क्यासिनो जस्ता सुविधाहरू रहेको छ। 

होटलमा अझै दुईवटा भवन निर्माण हुनेछन्। यसअघि नै ९ वटा भवनका लागि अनुमति पाएको होटलले थप २ गरी ११ वटा भवन बनाउने छ। 

होटलमा अहिले क्यासिनो, स्पा, स्वीमिङ पुल, जिम लगायतक सुविधा छन्। यसपछि विस्तार हुने पूर्वाधारबाट अझै आधुनिक सुविधा थपिने कम्पनीले जानकारी दिएको छ। 


प्रकाशित : बिहीबार , फागुन ११ २०७९०५:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend