बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हुम्लामा खाद्यान्न लाने 'सेटिङ टेण्डर' बदर, पुन: मूल्याङ्कन गर्न निर्देशन

बिहीबार , कात्तिक ४ २०७८
हुम्लामा खाद्यान्न लाने 'सेटिङ टेण्डर' बदर,  पुन: मूल्याङ्कन गर्न निर्देशन

कम्पनीले सबैभन्दा बढी रकम कबुल गर्ने कम्पनी श्रीर्मिका एयर कार्गाे छनाेट गरेकाे थियाे। कम्पनि छनाेटमा सेटिङ भएकाे भन्दै समिट एयरले सार्वजनिक खरिद पुनरावलाेकन समितिमा उजुरी गरेकाे थियाे। उजुरीपछि दुबै पक्षकाे छलफलबाट समितिले यस्ताे निर्णय गरेकाे हाे।

काठमाडौं- सेटिङमा हुम्लामा १० हजार क्विण्टल खाद्यान्न ढुवानीका लागि भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गरेकाे ठेक्का सम्झौता बदर गर्दै पुन: मूल्याङ्कन चरणबाट कम्पनी छनोटको काम सुरु गर्न सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितिले निर्णय गरेकाे छ।

कम्पनीले सबैभन्दा बढी रकम कबुल गर्ने कम्पनी श्रीर्मिका एयर कार्गाे छनाेट गरेकाे थियाे। कम्पनि छनाेटमा सेटिङ भएकाे भन्दै समिट एयरले सार्वजनिक खरिद पुनरावलाेकन समितिमा उजुरी गरेकाे थियाे। उजुरीपछि दुबै पक्षकाे छलफलबाट समितिले यस्ताे निर्णय गरेकाे हाे।

समितिले कम्पनी छनाेटकाे निर्णय बदर गर्दै पुन: मूल्यांकन चरणबाट कम्पनी छनाेट गर्न निर्देशन दिएकाे छ। साथै उजुरी कर्ताकाे धराैटी समेत फिर्ता गर्ने निर्णय गरेको छ। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोट विमानस्थलमा १० हजार क्विन्टल खाद्यान्न ढुवानीका लागि भन्दै साउन ४ गते टेन्डर गरेको थियो। 

कम्पनीले ४ करोड रुपैयाँभन्दा बढी घोटाला गर्ने गरी टेन्डरमा सेटिङ गरी श्रीम्रिका एयर कार्गोलाई छनोट गर्ने निर्णय गरेको थियो। कम्पनीले सामान ढुवानीका लागि कम्पनी छनोट गरेसँगै समिट एयरले सार्वजनिक खरिद पुनरावलोनक समितिदेखि अख्तियारमा उजुरी गरेको थियो।

यसरी भएको थियो सेटिङ

सुर्खेत विमानस्थलबाट ६ हजार र नेपालगञ्ज विमानस्थलबाट ४ हजार क्विन्टल खाद्यान्न सिमीकोट ढुवानीका लागि गरेको टेन्डरमा सबैभन्दा बढी रकम कबुल गर्ने श्रीम्रिका एयर कार्गोलाई टेन्डर दिने गरी असोज ५ गते निर्णय गरेको थियो।

कम्पनीले खाद्यान्न ढुवानीका लागि सबैभन्दा कम रकम कबुल गर्ने कम्पनीलाई बाइपास गरेर सबैभन्दा बढी रकम कबुल गर्ने कम्पनीलाई टेन्डर दिने गरी आश्य पत्र जारी गरेको थियो।

कम्पनीले खाद्यान्न्न ढुवानीका लागि गरेको टेन्डरमा ४ वटा कम्पनी सहभागी थिए। जसमा सबै भन्दा  कम रकममा सामान ढुवानी गर्ने गरी सिता एयर टेन्डर दाखिला गरेको थियो। तर कम्पनीले सिता एयरलाई नदिएर सबै भन्दा बढी रकम कबुल गर्ने श्रीम्रिका एयर कार्गोलाई दिएको हो।

कम्पनीले गरेका टेन्डर सिता एयर, समिट एयर, तारा एयर र श्रीम्रिका कार्गो सहभागी थिए। टेन्डर सहभागी मध्ये सबैभन्दा कम रकममा सामान ढुवानी गर्ने गरी सिताले कबुल गरेको थियो। सिता एयरले सुर्खेतबाट हुम्ला प्रतिकिलो ६३ रुपैयाँ र नेपालगञ्जबाट हुम्ला ७८ रुपैयाँमा सामान ढुवानी गर्ने गरी टेन्डरमा सहभागी भएको थियो।

यो नै टेन्डर सहभागी अन्य कम्पनीको भन्दा कम रकम हो। सबैभन्दा बढी श्रीम्रिका कार्गोले सुर्खेतबाट प्रतिकिलो १ सय ५ र नेपालगञ्जबाट १ सय १२ रुपैयाँ कबुल गरेको थियो। तर, टेन्डर दिने निर्णय गर्दा १ सय १२ को ठाउँमा १ सय १८ रुपैयाँ बनाइएको छ।

समीटले सुर्खेतबाट प्रतिकिलो ९७ र नेपालगञ्जबाट ८९ रुपैयाँ कबुल गरेको थियो। तारा एयरको सुर्खेतबाट हुम्ला ७८ रुपैयाँ ९० पैसा र नेपालगञ्जबाट १ सय १० रुपैयाँ कबुल थियो।

यस्तो छ सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितिको निर्णय

४ करोड घोटाला गर्न खोज्दा समयमै पाएनन् हुम्लाका जनताले चामल


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८१४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend