बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दैनिक ३ हजार मेगावाट नेपाली बिजुली भारतमा बिक्री गर्न प्रस्ताव, प्रधानमन्त्रीको भारत भ्रमणमा सम्झौता हुँदै

बिहीबार , फागुन ११ २०७९
दैनिक ३ हजार मेगावाट नेपाली बिजुली भारतमा बिक्री गर्न प्रस्ताव, प्रधानमन्त्रीको भारत भ्रमणमा सम्झौता हुँदै

नेपाल सरकारले भारतसँग दैनिक ३ हजार मेगावाट बिजुली निर्यातको अनुमतिका लागि प्रस्ताव गरेको छ। आगामी तीन वर्षभित्र नेपालले भारतलाई दैनिक ३ हजार मेगावाट बिजुली बिक्री गर्न सक्ने प्रक्षेपणको आधारमा नेपालले प्रस्ताव गरेको हो।

काठमाडौं- नेपाल सरकारले भारतसँग दैनिक ३ हजार मेगावाट बिजुली निर्यातको अनुमतिका लागि प्रस्ताव गरेको छ। आगामी तीन वर्षभित्र नेपालले भारतलाई दैनिक ३ हजार मेगावाट बिजुली बिक्री गर्न सक्ने प्रक्षेपणको आधारमा नेपालले प्रस्ताव गरेको हो।

नेपालमा हाल २४ सय मेगावट बिजुली उत्पादन भइरहेको छ भने नेपालमा १६ सय मेगावाट मात्रै खपत हुन्छ। असारसम्म नेपालको उत्पादन ३ हजार मेगावाट पुग्दैछ। भारतले अनुमति दिएमा चालु वर्षकै बर्सातको समयमा १५ सय मेगावाटसम्म भारतमा बिक्री गर्न सकिने अनुमान नेपाल विद्युत प्राधिकरणको छ। 

गत साता नेपाल-भारत सचिवस्तरीय बैठकमा भारतसमक्ष नेपालले आयोजनाको आधारमा भन्दा पनि एकैपटक ३ हजार मेगावाट बिजुली निर्यात अनुमति दिने निर्णय गर्न प्रस्ताव गरेको छ। उक्त प्रस्तावमा भारत सकारात्मक रहेको समेत ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

भारतले चिनियाँ लगानी र चिनियाँ ठेकेदार संग्लन रहेको आयोजनाको बिजुली खरिदमा अझै शंका व्यक्त गरिरहेका बेला नेपालले एकैपटक ३ हजार मेगावाट बिजुली निर्यातको अनुमति दिन प्रस्ताव गरेको हो। ऊर्जा मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डको भ्रमणमा उक्त सम्झौतामा हस्ताक्षर गराउने तयारी रहेको छ। भारतलाई ३ हजार मेगावाट बिजुली निर्यातसँगै बंगलादेश निर्यातको अनुमति दिन समेत आग्रह गरिएको छ। 

भारतले बिजुली निर्यातको कोटा नथपे बर्सातमा ५ सय मेगावाट बिजुली खेर जाने भारतले बिजुली निर्यातको कोटा नथपे बर्सातमा ५ सय मेगावाट बिजुली खेर जाने

भारतले बंगलादेश निर्यातको ठोस प्रस्ताव ल्याउन समेत आग्रह गरेको छ। ऊर्जा मन्त्रालयले ३ हजार मेगावाट बिजुली निर्यात र बंगलादेश निर्यात अनुमतिको सम्झौता प्याकेजमै गर्नेगरी अनौपचारिक सहमतिसमेत गरेको छ। जसका लागि दुवै पक्षले प्रधानमन्त्री दाहालको भ्रमणसम्म सबै अन्योलको विषय टुंगो लगाउने तयारीसमेत गरिएको छ।  

नेपाल र भारतको सचिवस्तरीय बैठकको सहमति भन्दै प्रसारण लाइनको विषयमात्रै सार्वजनिक गरिएको थियो। सम्झौता र सहमति नभइसकेकोले अन्य विषयहरू सार्वजनिक नगरिएको समेत ऊर्जा स्रोतको भनाइ छ। भारतले बिजुली खरिदको कोटा वृद्धि नगरे आगामी बर्सातमा दैनिक झन्डै पाँचसय मेगावाट बिजुली खेर जाँदै छ। हाल भारतले केही आयोजनाबाट ४ सय ५२ मेगावाट बिजुली मात्रै नेपालबाट निर्यातको अनुमति दिएको छ। 

प्राधिकरणले गत वर्ष ११ अर्ब रुपैयाँ आम्दानी गरेको थियो। चालु आर्थिक वर्षमा थप ८ सय मेगावाट बिजुली जोडिने अनुमान गरिएको छ। नेपालमा जाडो यामको पिक आवरमा १६ सय मेगावाट बिजुलीसम्म खपत भएको छ। गर्मी समयमा आन्तरिक खपत कम हुने भएकोले पनि प्राधिकरणले भारततर्फ एक हजार मेगावाट बिजुली निर्यातको विकल्प छैन।

चालु आर्थिक वर्ष सुरु भएयता अहिलेसम्म निजी लगानीका १६ आयोजना पूरा भइ केन्द्रीय प्रसारण प्रणालीमा ३ सय १६ मेगावाट बिजुली थपिएको छ।

सरकारले चालु आर्थिक वर्षभित्र ८ सय मेगावाट बिजुली थप गरी जडित क्षमता ३ हजार मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ। हालसम्म जडित क्षमता बढेर २ हजार ४ सय मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्रसारण लाइन विस्तारमा ‘ब्रेकथ्रु’

प्रसारण लाइनका विषयमा भारतसँग नेपालको महत्वपूर्ण सम्झौता भएको छ। नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकमा उत्पादनपछिको बजारसम्म पुर्‍याउने प्रसारण लाइन निर्माणमा मुख्य सम्झौता गरिएको छ। 

फागुन ४ र ५ गते सम्पन्न सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी) को बैठकमा तेस्रो मुलुकसम्म विद्युत निर्यातको लागि ढोका खोल्नेछ। बिजुली निर्यातमा कोटा थप्न ठोस सहमति नभए पनि प्रसारण लाइन निर्माणमा भने महत्वपूर्ण सहमति भएको छ।  

अन्तरदेशीय प्रसारण लाइन निर्माणमा भारत लचिलो हुँदा निर्यातमा अझै अनुदार अन्तरदेशीय प्रसारण लाइन निर्माणमा भारत लचिलो हुँदा निर्यातमा अझै अनुदार

नेपाल भारत बैठकले दोस्रो अन्तरदेशीय प्रसारण लाइनका रूपमा रहेको चार सय केभी नयाँ बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणको सम्झौता गर्ने सहमति भएको छ। उक्त अन्तरदेशीय प्रसारण लाइन अन्तर्गत भारतीय खण्डको निर्माणकार्य २०२५ मार्चसम्ममा सम्पन्न गर्नेगरी सम्झौता गर्ने सहमति भएको छ। 

 


प्रकाशित : बिहीबार , फागुन ११ २०७९०३:३५
  • सम्बन्धित विषय:

  • # भारत
  • # नेपाल
  • # बिजुली
  • # निर्यात


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend